वीरगंज, २३ जेठ । मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकारले विश्वासको मत सिद्ध गर्न नसके नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ हुने भएको छ ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार दुर्ई–दुर्ईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बनेका जसपा नेपालका सरोज यादवको सरकार ढल्दा नयाँ सरकार बन्ने भएको हो ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन् । बुधवार मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको छ । विपक्षमा भने ५३ मत परेको छ । सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता थियो । एमाले, माओवादी केन्द्र, जनमत पार्टी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति लगायतको समर्थनमा नयाँ सरकार बनाउने तयारी छ । उनीहरूले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने समझादारी गरिसकेका छन्। संविधानको धारा १६८ को २ अनुसार बनेको सरकार ढलेपछि उपधारा ३ मा जाने वा उपधारा २ बाटै विकल्प खोज्ने भन्नेमा अन्योल छ ।
जनमतको नेतृत्वमा सरकार बन्न उपधारा २ मै फर्किनुपर्छ भने उपधारा ३ मा जाँदा प्रदेश सभाको ठुलो दलको हैसियतले एमालेको नेतृत्वमा सरकार बन्छ ।
यता आज वीरगंज आइपुगेका स्वास्थ्यमन्त्री बनेका प्रदीप यादवले जिल्ला समन्वय समिति पर्सामा आयोजित एउटा अन्तरक्रिया कार्यक्रममा बोल्दै जसपाको नेतृत्वमा प्रदेश सरकार गठन गर्ने दावी गरेका छन् । जसपाका महम्मद इस्तियाक राईलगायतका नेताहरु वीरगंज आएका छन् र मधेस प्रदेश सरकार गठनको लागि गृहकार्य गरिरहेको उनले बताएका छन् । उता जसपा फुटने र कि जुटने र भन्ने मुद्दा अदालतले हेर्दाहेर्दैमा राखेको छ र अर्को मितिमा पेशी तोकेको छ ।
मधेस प्रदेशसभामा बुधवार १०३ सांसद उपस्थित थिए । मुख्यमन्त्रीलाई उनको दल जसपा नेपाल, नेपाली काङग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएको छ । विपक्षमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले मतदान गरेका छन् । १०७ सदस्य मधेश प्रदेश सभामा एमालेको सभामुखसहित २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ सिट छ । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको एकरएक सिट छ । २३ पुस २०७९ मा नेकपा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी लगायतको दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री बनेका थिए । गठबन्धन फेर बदल हुँदा मुख्यमन्त्री यादवले यसअघि चारपटक विश्वासको मत लिँदा पनि सुरक्षित थिए । तर, पाँचौपटक विश्वासको मत लिने बेला सदनमै उनी मुख्यमन्त्री पद गुमाउनुपरेको छ ।
गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले सरकार छाड्दै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा परेका थिए । उनले बुधवार पाँचौपटक विश्वासको मत लिन सदनमा प्रस्ताव पेश गरेका थिए । तर बहुमतले अस्वीकृत भएको छ । योसंगै मधेशमा साढे ६ वर्षपछि जसपा नेपालको नेतृत्वको सरकार ढलेको छ । अब जनमतको नेतृत्वमा सरकार गठनका लागि एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित अघि बढ्ने तयारी गरेको छ ।

Facebook Comments Box