search

spot_img
spot_img

प्रेमविवाह गरेकी महिला बिचल्लीमा

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २१ असार/ बारा, कलैया उपमहानगरपालिका–१ बस्ने शिवबालक मण्डलकी २६ वर्षीया पत्नी मालादेवी (नाम परिवर्तन) बिचल्लीमा परेकी छन्।
वीरगंज महानगरपालिका माइती भई तीन वर्ष अघि कलैयाको बेलपाती मन्दिरमा विवाह गरेकी माला अहिले घरकी न घाटकी भएकी छन्। पाँच वर्ष अघि सामाजिक सञ्जालमा प्रेम सम्बन्धमा परेकी मालालाई उनका पति मण्डलले कलैया–५ घुसुकपुरमा एउटा कोठा लिएर राख्दै आएका छन्। डेढ महीनादेखि पति सम्पर्कविहीन हुँदा माला बिचल्लीमा परेकी छन्। उनका पतिलाई १० महीने छोरीको जन्मदर्ता बनाइदिन आग्रह गर्दा घरपरिवारको रणनीतिमा मण्डल फरार भएको बताइन्छ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय, बारामा मालाले उजूरी दिएकी छन्। डेढ महीनादेखि मण्डल सम्पर्कविहीन भएको र आपूm गैरहिन्दू समुदायको भए तापनि हिन्दू समुदायसँग विवाह गर्दा ससुराली जान नसक्ने बताइन्। उनका सासू, ससुरा र देवर सुरेश मण्डलकै योजनामा पति शिवबालक मण्डललाई भूमिगत बनाइएको उनको भनाइ छ। आपूmहरूको विवाह दर्ता गर्नसमेत कलैयाका जनप्रतिनिधिहरू उदासीन देखिएको उनको आरोप छ। यस विषयमा अधिकारकर्मीहरूले पहल गरिदिन मालाले आग्रह गरेकी छन्।
Facebook Comments Box
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मानव बेचबिखन र महिला हिंसाबारे क्रस बोर्डर बैठक

वीरगंज, १६साउन । मानव बेचबिखन तथा लैङ्गिक हिंसाको अन्त्यका लागि क्रसबोर्डर कोअर्डिनेशन बैठक तथा मानव बेचबिखन सम्बन्धी छलफल...

सम्बन्धित खबर

- Advertisement -neelambads