वीरगंज, १३ साउन/ पर्सामा सञ्चालित १४ वटा पालिका र ५२ वटा सरकारी कार्यालय गरी कुल ६६ वटा कार्यालयले गत आव २०८०/८१ मा रु एक अर्ब १४ करोड ६८ लाख ४५२ खर्च गर्न सकेनन् ।
सङ्घ र प्रदेश सरकारको अनुदान पाएका ती कार्यालयहरूले कुल बजेटको ८.७३ प्रतिशत बजेट खर्च गर्न नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साले जनाएको छ । कार्यालयका अनुसार पर्सा जिल्लाका सबै सरकारी कार्यालयले चालू र पूँजीगत गरी कुल रु १३ अर्ब १३ करोड ७१ लाख ८१ हजार ३६१ बजेट पाएकामा रु ११ अर्ब ९९ करोड तीन लाख ८० हजार ९०८ मात्र खर्च गर्न सके ।
साउन १५ गतेभित्र वास्तविक खर्चको विवरण प्रस्तुत गर्न निर्देशन गरिएको र सो प्रतिवेदन आएपछि कुल खर्चको रकममा केही प्रतिशत कमी आउन सक्ने कोलेनिका, पर्साका प्रमुख यज्ञराज उप्रेतीले बताए । उनका अनुसार चालूतर्पm ९५.५४ प्रतिशत र पूँजीगततर्पm ७३.५० प्रतिशत खर्च भएको छ । जबकि चालू र पूँजीगत गरी समग्रमा ९१.२७ प्रतिशत बजेट खर्च भएको देखिन्छ ।
पर्साका ६६ वटा कार्यालयले कुल चालू अन्तिम बजेट १० अर्ब ५९ करोड ४५ लाख ५० हजार ३६१ मध्ये असार मसान्तसम्म १० अर्ब १२ करोड १६ लाख ८१ हजार ६९१ खर्च गरेका छन् ।
त्यसैगरी, पूँजीगततर्पm कुल दुई अर्ब ५४ करोड २६ लाख ३१ हजार बजेट कायम भएकोमा असार मसान्तसम्म एक अर्ब ८६ करोड ८६ लाख ९९ हजार २१७ खर्च गरेका छन् ।
१४ वटा पालिकामा वीरगंज महानगरपालिका, पोखरिया, पर्सागढी, बहुदरमाई नगरपालिका, कालिकामाई, छिपहरमाई, जगरनाथपुर, जीराभवानी, ठोरी, धोबिनी, पकाहामैनपुर, पटेर्वासुगौली, विन्ध्यवासिनी र सखुवाप्रसौनी गाउँपालिका छन् भने अन्य सरकारी कार्यालयहरूमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंज, जिल्ला अदालत पर्सा, निर्वाचन कार्यालय, जिल्ला सरकारी वकीलको कार्यालय, उच्च सरकारी वकीलको कार्यालय, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, तथ्याङ्क कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, वीरगंज भन्सार, सुक्खा बन्दरगाह, आन्तरिक राजस्व कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य कार्यालय, नारायणी सिंचाइ व्यवस्थापन डिभिजन, यान्त्रिक व्यवस्थापन डिभिजन, भूमिगत जलस्रोत विकास समिति, क्वारेन्टाइन कार्यालय, पशु क्वारेन्टाइन, खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, कृषि औजार अनुसन्धान केन्द्र, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, वीरगंज कारागार, वीरगंज अध्यागमन, इप्रका ठोरी, पटेर्वासुगौली, पोखरिया, जिल्ला प्रहरी कार्यालय, वप्रका, बिर्ता, श्रीपुर, मधेस प्रदेश विपद् व्यवस्थापन गुल्म, जिल्ला ट्राफिक प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल १३ नं गण, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय सुपौली, सम्पर्क कार्यालय वीरगंज, पर्सा राष्ट्रिय निकुञ्ज आधाभार, सबुज गण पर्सा, भूमिसुधार तथा मालपोत, नापी कार्यालय, वीरगंज–पथलैया सडक योजना कार्यालय, हुलाकी राजमार्ग योजना कार्यालय, बाल सुधारगृह, श्रीजङ्ग गण, सघन शहरी तथा भवन निर्माण आयोजना, शिक्षा विकास तथा समन्वय एकाइ, जिल्ला हुलाक कार्यालय, जिल्ला समन्वय समिति पर्सा, नारायणी अस्पताल, औषधि व्यवस्था शाखा कार्यालय, श्रम तथा रोजगार कार्यालयलगायत रहेका छन् ।

Facebook Comments Box