search

spot_img
spot_img

‘पारवाहनका झन्झटिला प्रावधानले लागत र समय दुवै बढ्यो’

पढ्न छुटाउनुभयो ?

पर्सा, १५ वैशाख : वीरगञ्जका उद्योगी÷व्यवसायीले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात गर्दा भोग्नुपरेका बाधा तथा अड्चन फुकाउनका लागि कोलकोतास्थित नेपाली महावाणिज्य दूतावाससँग अनुरोध गरेका छन् ।
कोलकोतास्थित नेपाली महावाणिज्य दूतावासले आज यहाँ कोलकोता, हल्दिया बन्दरगाहबाट वीरगञ्जसम्म हुने अन्तरराष्ट्रिय व्यापार तथा परिवहनसँग नेपाली आयात तथा निर्यातकर्ताले भोग्नुपरेका समस्या विषयक अन्तक्र्रियामा विदेशी मुलुकबाट नेपालका लागि आयात गरिएका वस्तु तथा सामान झन्झटिलो प्रक्रिया र लागत बढेकाले घटाउनका लागि अनुरोध गर्नुभएको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले नेपाली उद्योगी व्यवसायीले आयात गरेका वस्तु तथा सामान कोलकोता र हल्दिया सुक्खा बन्दरगाहमा प्राथमिकतामा नपर्दा उद्योगी व्यवसायीको समय र लागत दुवै बढेको बताउनुभयो ।
“यहाँका उद्योगी व्यवसायीले आयात गर्न खोजेका लिजिष्टक सामान खासै प्राथमिकतामा पर्ने गरेका छैनन्”, उहाँले भन्नुभयो, “कोलकोतास्थित महावाणिज्य दूतावासले आपसी समन्वय र सहकार्य गरेर नेपाली व्यवसायीले आयात गरेका सामानलाई प्राथमिकतामा राख्नका लागि अनुरोध गर्दछु ।”
अध्यक्ष टेमानीले नेपालले पनि आफैँ मालवाहक कार्गाे रेल्वे ¥याक पनि सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । “नेपालको आफ्नै कार्गाे रेल्वे ¥याक हुने थियो भने पक्कै पनि नेपाली उद्योगी व्यवसायीले मगाएका सामान ल्याउनका लागि प्राथमिकतामा पर्ने थियो”, उहाँले भन्नुभयो, “सोतर्फ ध्यान दिन जरूरी भइसकेको छ ।”
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष माधव राजपालले वीरगञ्जको सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी र सीमावर्ती सहर रक्सौलको एकीकृत जाँचचौकी खुल्ने समयमा एकरूपता कायम गर्नुपर्ने बताउनुभयो । “दुई निकायबीच समयको तालमेल भएको खण्डमा सहज सेवा प्राप्त गर्न सकिन्थ्यो”, उहाँले भन्नुभयो, “महावाणिज्य दूतावासले विदेशी मुलुकबाट आयात तथा निर्यातमा देखिएका प्रक्रियागत झन्झट र लागत र समय घटाउनेतर्फ आवश्यक गृहकार्य गर्न आवश्यक भइसकेको छ ।”
कार्यवाहक अध्यक्ष राजपालले पछिल्लो समय विदेशी मुलुकबाट आयात हुने सामानको मूल्य बढेकाले पनि घटाउनेतर्फ पनि आवश्यक कदम चाल्नका लागि सुझाव दिनुभयो । नेपाल फ्रेड फर्वाड एसोसिएसनका अध्यक्ष राजेन्द्र सङ्ग्रौलाले भारतीय मालवाहक कन्टेनरको मूल्यभन्दा जरिवानाबापतको मूल्य धेरै भएकाले पनि वीरगञ्ज सुक्खा बन्दरगाहको पार्किङ खाली कन्टेनरको चाङ लागेको बताउनुभयो । “भारू साढे चार लाखमा खाली कन्टेनर तयार हुने गर्छ”, उहाँले भन्नुभयो, “यहाँ कन्टेनरको भाडा शुल्क मात्रै रू १५ लाखभन्दा धेरै रकम आउने भएकाले पनि यहाँ थन्किने समस्या यथावत् नै छ ।”
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यालय प्रमुख मनोज उपाध्यायले सरकार आफैँले कार्गाे रेल्वे ¥याक सञ्चालन गरेर आत्मनिर्भर हुनुपर्ने सुझाव दिनुभयो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात र स्वदेशबाट निर्यातमा भइरहेको प्रक्रियागत झन्झट र अन्य चुनौती समाधान गर्नका लागि यस्ता बहसमूलक कार्यक्रम निरन्तर गर्नुपर्ने धारणा राख्नुभयो । “यस्ता बहसमूलक कार्यक्रमले उद्योगी व्यवसायीले झेल्नुपरेको समस्या र समाधानको मार्गदर्शनको काम गर्नेछ”, उहाँले भन्नुभयो ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबैसँग समन्वय र सहकार्य गरेर आयात र निर्यातमा देखिएका समस्या हल गर्नुपर्ने बताउनुभयो । कोलकोतास्थित नेपाली महावाणिज्य दूतावासका वाणिज्य दूत झक्कप्रसाद आचार्यले आयात र निर्यातमा देखिएका समस्या र चुनौतीलाई सम्बोधन गर्नेतर्फ प्रयास गर्ने बताउनुभयो ।
“वाणिज्य दूतावासले आफ्नो क्षेत्राधिकारभित्र पर्ने आयात र निर्यातका क्षेत्रका देखिएका नीतिगत र व्यवहारिक जटिलतालाई सम्बोधन गर्दै आइरहेको छ”, उहाँले भन्नुभयो, “प्रक्रियागत, नीतिगत झन्झट र अप्ठेराहरूको गाँठो फुकाउने प्रयास गरिरहेका छौँ ।” महावाणिज्यदूत आचार्यले ‘लजिष्टक कष्ट’ घटाएर नेपाल आयात हुने सामानको लागत र समय घटाउने प्रयास निरन्तर भइरहेको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुख्खा संकटग्रस्त मधेश प्रदेशको राहतमा तत्काल जुट्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं । सरकारद्वारा मधेश प्रदेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरिएलगत्तै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले मन्त्रालय अन्तर्गतका...

सम्बन्धित खबर

- Advertisement -neelambads