search

spot_img
spot_img

जीराभवानीमा सजिवन र कटहरको व्यावसायिक खेती

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ चैत/ युवा उद्यमी शेखर चौधरीले जीराभवानी गाउँपालिका–३ जीतपुरमा व्यावसायिकरूपमा कटहर र सजिवनको खेती शुरू गरेकामा कृषि मिटर नपाएर सिंचाइमा समस्या भोग्दै आएका छन् भने कृषि बीमा नगरिदिंदा यसपटक तीन लाख बढी क्षति बेहोर्नुपरेको बताए ।
उनले सजिवन र कटहर खेती मधेस प्रदेशमा नै पहिलोपटक व्यावसायिकरूपमा शुरू गरेका थिए । चौधरीले ठाकुरराम बहुमुखी क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । उनी वीरगंज जेसीजका पूर्वअध्यक्ष हुन् र ३१ वर्षदेखि होटल व्यवसाय तथा १७ वर्षदेखि विद्यालय सञ्चालन गर्दै आएका छन् ।
गत वैशाखदेखि उनले यो कर्म शुरू गरेका र गत कात्तिकमा सजिवन उत्पादन गरेर बजारीकरण गर्ने योजना बनाएका थिए । तर यसबीच गत असोज ११ र १२ गतेको आँधीहुरी र वर्षाले सजिवन र कटहर दुवैलाई व्यापक क्षति पु¥यायो । उनले सजिवनका एक हजार बोट रोपेका थिए भने थप एक हजार बोट रोप्ने योजनामा थिए । यसैगरी, कटहरका ५०० बिरुवा रोपेकामा सजिवन र कटहर दुवैमा क्षति बेहोर्नुपरेको उनले बताए । चौधरीले कृषि बीमाका लागि वीरगंजका सबैजसो बीमा कम्पनी धाएको तर कसैले बीमा नगरेको आरोप लगाए ।
सजिवनभन्दा कटहरखेतीलाई व्यापक क्षति पुगेको उनले बताए । ५०० सय रूखमा कटहरका तीन सय रूखलाई क्षति भएको र बीमा नहुँदा घाटा भएको बताए । व्यावसायिकरूपमा सजिवन र कटहर खेती गरेकामा अहिलेसम्म कृषि मिटर पनि नपाएको गुनासो गरे । करीब तीन विघा खेतमा उनले व्यावसायिक सजिवन र कटहर खेती गरेका छन् ।
आकाशे पानीको भर नहुने र रूखबिरुवाको लागि आवश्यक भएको बखत मोटर चलाएर सिंचाइ गर्ने योजना राखेको तर नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्रमा धाउँदा थाकिसकेको बताए । पछिल्लोपटक कृषि मिटर नभएको भनेर विद्युत् जडान नभएको उनले गुनासो गरे । चौधरीले सजिवन, कटहरसँगै सोही खेतमा तोरीखेती गरेको र त्यसबाट करीब २० क्वीन्टल तोरी उत्पादन गरेको बताए ।
भारतको पश्चिम बङ्गालबाट बेमौसमी तरकारीको रूपमा पर्सालगायत नेपालमा कटहर आयात हुँदै आएको र त्यसबाट देशको पैसा विदेशमा जाने गरेकामा चौधरीले आफ्नै जिल्लामा कटहरखेती शुरू गरेका हुन् ।
कटहरको रूख हुर्कीबढेपछि वर्षमा चारपटक कटहर उत्पादन हुने र त्यसबाट मनग्य आम्दानी हुने उनले बताए । प्रतिबोट वार्षिक ५०–६० वटासम्म कटहर उत्पादन हुने र मौसम र बेमौसम अनुसार त्यसको बिक्री गर्दा मनग्य आम्दानी हुन सक्ने देखेर यो खेतीतर्फ आफू आकर्षित भएको बताए ।
उनले सजिवन र कटहर खेती मधेस प्रदेशमैं व्यावसायिकरूपमा पहिलोपटक शुरू गरेको दाबी गरेका छन् । कटहरभन्दा सजिवन खेतीबाट बढी फाइदा हुने उनले बताए । वार्षिकरूपमा तीनपटक सजिवन उत्पादन हुने र प्रतिबोट वार्षिक ५० किलोसम्म सजिवन उत्पादन हुने उनले बताए । चौधरीले सजिवनसँगै त्यसको पात र लस्सा पनि बिक्री हुने बताए ।
सुखेको पात रु २५०० किलो र लस्सा पनि रु २५०० मा बिक्री हुने हुँदा सजिवनसँगै थप दुई थरी आम्दानी हुने हुँदा यो खेती फाइदाजनक हुने उनले बताए । गत असोजको आँधीहुरी, वर्षाले अब सजिवनखेती आगामी जेठ, असारमा उत्पादन हुनेगरी पछाडि सरेको बताए ।
करीब तीन बिघा जग्गामा उनले तारबार लगाएर सजिवन, कटहर र तोरी खेती गरेका छन् । उनको यो व्यावसायबाट अहिले प्रत्यक्ष सातजनाले रोजगार पाएको र यसलाई विस्तार गर्दै रोजगारमा पनि वृद्धि गर्ने उनले बताए ।
उनले सजिवन र कटहर हाइब्रिड जातिको भएपनि त्यसलाई आधुनिकीकरण गरेर कम्पोस्ट मलबाट अर्गानिक उत्पादनतर्फ आफूले जोड दिएको बताएका छन् । उनले कटहर र सजिवनमा रासायनिक मल प्रयोग नगर्ने तर रूख जोगाउनको लागि कीटनाशक औषधिको प्रयोग गर्नुपरेको बताएका छन् ।
कीराबाट यो खेतीलाई बढी क्षति हुने हुँदा कीटनाशक औषधि प्रयोग गरे पनि रासायनिक मल प्रयोग नगर्ने उनले बताए । अहिलेसम्म यो व्यवसायमा करीब रु २० लाख लगानी गरेको उनले बताए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

बिजुलीको पोलबाट ‘हुकिङ’ गरेर पानी नतान्न विद्युत प्राधिकरणको अनुरोध

पर्सा, ११ साउनः खानेपानीको अभाव कम गर्न पर्सामा बिजुलीको पोलबाट लाइन ‘हुकिङ’ गरेर पानी तान्ने गरेको पाइएपछि नेपाल विद्युत्...

सम्बन्धित खबर

- Advertisement -neelambads