वीरगंज, १९ असार । आधा दर्जनभन्दा बढी झोले गैरसरकारी संस्थाहरू सञ्चालन गर्दै आएका अमोद केवट अख्तियारको निगरानीमा परेका छन् ।
केवटले चालु आर्थिक वर्ष २०८१/८२ मा पोखरिया नगरपालिका र बहुदरमाई नगरपालिकासँग मिलेमतो गरी अनियमितता गरेको आरोप लागेको छ ।
पोखरिया नगरपालिकाबाट करिब २ करोड रुपियाँँ र बहुदरमाई नगरपालिकाबाट १ करोड ६० लाख रुपियाँँ बराबरको जनचेतना मूलक तथा सीपमूलक तालिम कार्यक्रमको नाममा रकम निकासा गरिएको स्रोतले चमए । ती रकम कार्यक्रम सम्पन्न नगरी कागजी प्रमाणहरू मिलाएर निकासा गरिएको आरोप लगेको छ ।
पछिल्लो तथ्यांक अनुसार, पोखरिया नगरपालिकामा विगतमा सम्पन्न कार्यक्रमका सहभागीहरूको नाम दोहोर्याई कागजी विवरण पेश गरी रकम निकालिएको पाइएको छ । यसै क्रममा केवटले निलम्बित पोखरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तवलाई लाखौं रुपियाँँ कमिसन वापत रकम दिएको प्रमाण फेला परेको छ।
त्यसैगरी, बहुदरमाई नगरपालिकामा वडा र नगरस्तरीय तालिमका नाममा करिब १ करोड ६० लाख रुपियाँँको तालिम संचालन गरिएको देखाइएको छ । जसमा करिब ३५ लाख रुपियाँँ पहिले नै भुक्तानी भइसकेको छ ।
संबन्धित ऐन तथा कार्यविधिअनुसार, यस्ता तालिम स्थानीय आवश्यकताको आधारमा माग सङ्कलन गरी कार्य क्षेत्रगत शर्त, सहभागीता अभिलेख, र संस्थाको स्पष्ट दक्षता विवरणसहित चयन गर्नुपर्ने हुन्छ । तर, अमोद केवटले पालिकाका अधिकृतहरूसँग कमिसनको सेटिङमा प्रक्रिया बेपत्ता बनाई न्यून आर्थिक प्रस्ताव पेश गरी झोले संस्थामार्पmत भ्रष्टाचार गरेको देखिन्छ । उनले सञ्चालन गरेका संस्थाहरूमा पर्सा डेभलपमेन्ट प्रा.लि।, विन्दवासिनी डेभलपमेन्ट एण्ड स्किल प्रा.लि।, एग्रीकल्चर एण्ड स्किल डेभलपमेन्ट प्रा.लि।, सामुदायिक सिकाई केन्द्र प्रा.लि।, सूर्याेदय तालिम केन्द्र लगायतका संस्थाहरू छन्, जसको वास्तविक गतिविधि न्यून रहेको छ ।
स्थानीय स्रोतका अनुसार केवटले पालिकाबाट कमाएको अवैध धनमार्पmत वीरगंजको रानीघाट क्षेत्रमा आलिशान महल निर्माण गरेका छन् । अख्तियारले अहिले प्रारम्भिक अनुसन्धान थालेको र आवश्यक प्रमाण सङ्कलन भइरहेको बताइएको छ

Facebook Comments Box