search

रास्वपा पर्साद्वारा समानुपातिक उम्मेदवार छनोट सम्बन्धि मापदण्ड सार्वजनिक

पढ्न छुटाउनुभयो ?

वीरगंज , मंसिर – १२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला कार्यसमिति पर्साले आगामी प्रतिनिधि सभा निर्वाचन–२०८४ का लागि समानुपातिक उम्मेदवार छनोटका मापदण्ड औपचारिक रूपमा सार्वजनिक गरेको छ । शुक्रबार वीरगञ्जस्थित होटल क्लासिक ब्याङकमा आयोजित पत्रकार सम्मेलनमार्फत विस्तृत मापदण्ड सार्वजनिक गरिएको हो ।

जिल्ला सभापति हरि पन्तले समानुपातिक बन्दसूची तयार गर्न पार्टीले पारदर्शी, वैज्ञानिक र समावेशी प्रक्रिया अपनाएको बताए । उनका अनुसार उम्मेदवार छनोटका क्रममा पार्टी जिम्मेवारी, नेतृत्व क्षमता, लिडरसिप एकेडेमीमा सहभागिता, राजनीतिक नजिकिँदै आएको अभिप्राय , समावेशीता तथा प्रारम्भिक निर्वाचन लाई अनिवार्य मानिएको छ ।

पन्तले उम्मेदवारले पूरा गर्नुपर्ने ९ अनिवार्य शर्त पनि सार्वजनिक गरे। तीमध्ये— कानुन बमोजिम अयोग्य नठहरिएको, प्रहरी रिपोर्ट पेस गरेको तथा कालोसूचीमा नपरेको, पारिवारिक आवश्यकता पूरा गर्न सक्षम, पारदर्शी आम्दानी स्रोत भएको र सम्पत्ति विवरण बुझाएको, पार्टी अनुशासन समितिबाट अयोग्य नठहरिएको, अन्य दल परित्याग गरी रास्वपामा प्रवेश गरेको, सार्वजनिक पद दुरुपयोग नगरेको प्रमाणित भएको, सुशासन र समृद्धिप्रति प्रतिबद्ध भएको तथा पार्टीका अन्य संगठनात्मक–राजनीतिक मापदण्ड पूरा गरेको— जस्ता आधार समावेश छन् ।

“नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डता जोगाउँदै सुशासन, दिगो शान्ति र समृद्धि हाम्रो मुख्य संकल्प हो,” पन्तले भने । उनका अनुसार रास्वपाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै अहिलेबाटै रणनीतिक तयारी तीव्र पारेको छ ।

कार्यक्रममा केन्द्रीय सदस्य डा. नन्दन यादव, मधेस प्रदेश सञ्चार प्रमुख राम सर्राफ, संगठन विभाग उपप्रमुख प्रमोद कुमार, शिक्षा प्रमुख सबु कडेल, उपप्रमुख सोनालाल पटेल, जिल्ला कोषाध्यक्ष दिलिप प्रसाद कुर्मी, जिल्ला सह–सचिव तथा पर्सा संगठन प्रमुख कृष्ण पासवान, नेता पुरुषोत्तम उपाध्याय, प्रदीप पटेल लगायतका नेता–कार्यकर्ताहरूको सहभागिता थियो ।

Facebook Comments Box

ताजा खबर

हेटौंडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

वीरगंज , मंसिर - १२ पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४, कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । पशुपतिनगरबाट...

सम्बन्धित खबर

- Advertisement -neelambads