बालिका बलात्कारको आरोपमा दुर्ई जना पक्राउ

महेन्द्रनगर, २८ फागुनः एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुर्ई जनालाई पक्राउ गरेको छ । 

भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र लगेर नाबालिकालाई बलात्कार गरेको आरोपमा भीमदत्त नगरपालिका–९ का ४० वर्षीय हीरा नाथ र भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय नरेश नाथलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बलात्कारको सूचनाका आधारमा दुर्ई जनालाई पक्राउ गरी विस्तृत अनुसन्धान भइरहेको बताउनुभयो । “अहिले प्रहरीले विस्तृतमा अनुसन्धान गर्दैछ”, प्रहरी निरीक्षक थापाले भन्नुभयो, “जङ्गलभित्र लगेर बालिकामाथि जबरर्जस्ती करणी गरेको उजुरीपछि प्रहरी अनुसन्धानमा जुटेको हो ।”
सम्बन्धित पोस्टहरुः