search

spot_img
spot_img

पर्सा–बाराको रोपाईमा गण्डक नहरको भूमिका

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल, वीरगंज, ७ साउन ।

मध्य तराईको पर्सा र बारामा यस वर्षको धान रोपाइँमा गण्डक नहरको पानीले उल्लेखनीय मद्दत गरेको किसानहरूले बताएका छन् ।

खडेरीको अवस्थामा पनि गण्डक नहरमा समयमै पानी आएपछि किसानले खर्चिलो भए तापनि रोपाइँ गर्न सफल भएका हुन् । पर्साको जानकी टोलादेखि बारा हुँदै रौतहटको बाग्मती खोलासम्म फैलिएको ८१ किलोमिटर लामो गण्डक नहर १५ ब्लकमा विभाजित छ, जसमा १२ नम्बर ब्लक अर्थात् आदर्शकोतवालसम्म मात्रै पानी पुग्ने गरेको छ ।

नारायणी सिंचाइ व्यवस्थापन कार्यालय, वीरगंजका सूचना अधिकारी इन्जिनीयर सुरेश साहका अनुसार पर्सा र बाराको धान रोपाइँमा गण्डक नहरको पानीको योगदान ५० प्रतिशतभन्दा बढी रहेको छ । उनले पछिल्ला दुई सातामा गण्डक नहरको उत्तर र दक्षिण दुबै क्षेत्रमा नहरी र दमकल प्रयोग गरी तीव्र रोपाइँ भएको र अहिले रोपाइँ अन्तिम चरणमा पुगेको जानकारी दिए ।

नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले असार १५ देखि साढे तीन महिना र पुस १५ देखि दुई महिनाका लागि गण्डक दोन नहरबाट गण्डक नहरमा पानी छोड्ने गरेको छ । सम्झौताअनुसार ८५० क्यूसेक पानी छोड्नुपर्ने भए पनि हाल भारतीय पक्षले मात्र ६०० क्यूसेक पानी दिइरहेको छ । बिहारमा वर्षा नपरेपछि भारतले गण्डक दोन नहरबाट बढी पानी आफूले लिई नेपाली नहरतर्फ कम छाड्ने गरेको बताइएको छ ।

पर्साका किसानले पानी आएको दुई सातासम्म कब्जा गरेर रोपाइँ गरेका थिए भने एक सातादेखि बारामा पनि पानी पुगेपछि रोपाइँ धमाधम भइरहेको छ । गण्डक नहरको पानी समानरूपमा वितरण गर्न नारायणी सिंचाइ प्रमुख मनोज पटेलको नेतृत्वमा हरेक ब्लकमा टोली परिचालन गरिएको छ ।

कृषि ज्ञान केन्द्र, पर्साका प्रमुख रामजीवन ठाकुरले पर्सामा हालसम्म ८० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको र बाँकी २० प्रतिशत पनि छिट्टै सकिने बताए । बारामा पनि ८० प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भएको उल्लेख गरिएको छ ।

गण्डक नहर, भूमिगत सिंचाइ, खोलानदी र दमकलको सहयोगमा अधिकांश क्षेत्रमा रोपाइँ भए पनि केही स्थानहरू अझै आकाशे पानीकै भर पर्नुपर्ने अवस्थामा छन् ।

अत्यधिक गर्मीका कारण केही स्थानमा बीउ डढ्ने र कीरा लाग्ने समस्या देखिएको जनाइएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख ठाकुरले एक साताभित्र पर्याप्त पानी परे पर्सा र बारामा शतप्रतिशत रोपाइँ सम्भव हुने बताएका छन् ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

गापाअध्यक्षको अभिव्यक्तिप्रति पत्रकार महासंघको निन्दा

वीरगंज, ७ साउन । नेपाल पत्रकार महासंघ, बारा र मधेश प्रदेश समितिले विज्ञप्ति जारी गरी बारा जिल्लाको सुवर्ण...

सम्बन्धित खबर

- Advertisement -neelambads