ने.ज.पा का नेता सन्तोषानन्द महाराजलाई ज्यान मार्ने धम्की

वीरगन्ज , मंसिर — २१ नेपाल जनता पार्टीका वरिष्ठ नेता सन्तोषानन्द महाराज (सन्तोष पटेल)ले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै घटना सार्वजनिक गरेका छन् । आइतबार वीरगन्ज–३ स्थित माइस्थान मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्दै उनले नदिन अन्सारी नामका व्यक्तिले भिडियोमार्फत हत्या गर्ने चेतावनी दिएका बताए । महाराजका अनुसार आफू लामो समयदेखि हिन्दू समाजका धार्मिक तथा […]
अधिग्रहणपछि मुआब्जा नपाउदा पोखरियाका किसान आन्दोलित

वीरगंज , मंसिर – २१ पोखरिया १३२ केभी प्रसारण लाइन आयोजनाले साढे दुई वर्षअघि पोखरिया नगरपालिका–१ को जग्गा अधिग्रहण गरेपछि पनि मुआब्जा नदिएको आरोप लगाउँदै प्रभावित किसानहरूले आइतबार जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् । किसानहरूका अनुसार आयोजनाले लालपुर्जाको छायाँकपी लिएर जग्गा रोक्का गरे पनि मुआब्जा नपाउँदा उनीहरूको जीवनयापन नै संकटमा परेको छ । यसअघि […]
पोखरियामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

पोखरिया नगरपालिका–६ शिर्षिया टोलमा आज, लायन्स क्लब बीरगंज परिवार, लायन्स क्लब बीरगंज सेन्ट्रल सिटी र जोन चेयर परशन डा. लक्ष्मी थापाको सहयोगमा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय नेता एवं समाजसेवी नेजामुद्दीन शमानी र आशा देवीको पहलमा आयोजित स्वास्थ्य शिविरमा तिलगंगा आँखा प्रतिष्ठान र बीरगंज सामुदायिक अस्पतालका विशेषज्ञ चिकित्सकहरूको […]
सशस्त्र प्रहरी पर्साले बरामद गरेको अवैध सामान भन्सार कार्यलयमा दाखिला

वीरगंंज, मंसिर – २० पछिल्ला केही दिनयता पर्साका विभिन्न नाकामा सशस्त्र प्रहरी बलको निगरानी थप कडा बनेको छ। यही कडाइका बीच सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साले भारतबाट भन्सार छली ल्याइँदै गरिएका करिब ४० लाख रुपैयाँ बराबरका सवारीसाधन तथा सामग्री नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ। बिहिवार सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले बीरगंज […]
पोखरिया नगरपालिका–६ मा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

वीरगंज , मंसिर – २० पर्साको पोखरिया नगरपालिका–६ शिर्षिया टोलमा लायन्स क्लब बीरगंज परिवार, लायन्स क्लब बीरगंज सेन्ट्रल सिटि र जोन चेयर डा. लक्ष्मी थापाको सहयोगमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । राष्ट्रिय मुक्ति नेपालका सह-महासचिव नेजामुद्दीन शमानी र आशा देवीको पहलमा आयोजित स्वास्थ्य शिविरमा तिलगंगा आँखा प्रतिष्ठान र बीरगंज सामुदायिक अस्पतालका विशेषज्ञ […]
सर्लाहीमा ५२ केजी गाँजासहित युवक पक्राउ

वीरगंज , मंसिर – २० सर्लाहीको लालबन्दीबाट ५२ केजी लागुऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । लालबन्दी नगरपालिकाको चुरेवर्ती क्षेत्र वडा नं. १४, नारायणखोलाका २५ वर्षीय गंगाबहादुर वाइवा ठुलो परिमाणमा लागुऔषध लिएर आउँदै गर्दा पक्राउ परेका हुन् । वाइवालाई बा १२ च ४७१० नम्बरको पिकअप भ्यानमा गाँजा लोड गरेर लालबन्दी बजारतर्फ आउँदै गर्दा लालबन्दी […]
धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

सुदिप राउत सिरहा, १८ मङ्सिरः सिरहाको धनगढीमाई-३ कुर्वा गाउँको सानो मुसहर बस्तीमा यतिबेला सन्नाटा छाएको छ । जाडो मौसमसँगै बिहानीको हावा जति चिसो छ, बस्तीको रमेशी सदायको मन त्यसभन्दा धेरै चिसिएको छ । बुधबार दिउँसो घर आँगनको छेउमा चुपचाप बसिरहेका उहाँ वर्षभरि पसिना बगाएर फलाएको धान एकैरातमा खरानी बनेको क्षण सम्झिँदै टोलाइरहनुभएको थियो । पाँच […]
सीमावर्ती नाकामा अवाञ्छित गतिविधि बढेको सूचनापछि पर्सामा सुरक्षाकर्मी हाई अलर्ट

पर्सा जिल्लामा सीमावर्ती नाकाबाट अवाञ्छित व्यक्तिको प्रवेश हुन सक्ने आशंकासहित प्रशासनले सुरक्षाका निकायलाई उच्च सतर्कताका साथ परिचालनमा राखेको छ। जिल्लाका सीमाक्षेत्रमा सुरक्षा संवेदनशीलता बढेको सूचनापछि जिल्ला प्रशासन कार्यालय पर्साले विशेष सतर्कता अपनाउन निर्देशन दिएको हो। जिल्ला प्रशासन कार्यालयले जारी गरेको अत्यन्त जरुरी सूचनामा शंकास्पद व्यक्ति वा समूह जिल्ला प्रवेश गरेको देखिएमा सुरक्षित दूरीबाट तुरुन्तै सुरक्षा […]
चकलेटसहित वीरगंजका पटेल बारामा पक्राउ

वीरगंज , मंसिर – १६ बिल बिजकसँग फरक रहेको चकलेटसहित वीरगंज महानगरपालिका वडा नम्बर ३१ का २८ बर्षीय ऋषि पटेललाई बारा प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट कलैयातर्फ जादै गरेको ना २ च १३०४ नम्बरको पिकअपलाई रोकेर चेकजाँच गर्दा बिल बिजकसँग फरक रहेको चकलेट फेल परेले , चकलेटसंगै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको […]
वीरगंजको प्रतिमा चौकबाट चरेशसहित सम्सुल मियाँ पक्राउ

वीरगंज , मंसिर – १६ वीरगंज महानगरपालिका वडा नम्बर १५ प्रतिमा चौकबाट पर्सा प्रहरीले १० किलो लागुऔषध चरेशसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा पर्साका धोबिनी गाउँपालिका वडा नम्बर ५ बस्ने ४८ वर्षीय सम्सुल मियाँ रहेका प्रहरीले जनाएको छ । सोमबार प्रतिमा चौकस्थितको सडकखण्डमा मियाँ शंकास्पद तवरले हिडीरहेका थिए । प्रहरीले शंकाको आधारमा उनलाई […]