search

spot_img
spot_img

५० लाखको खानेतेल चोरी गरी बिक्री गरेको आरोपमा चारजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ६ कात्तिक/ जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले ५० लाख बराबरको खानेतेल चोरी गरी बिक्री वितरणमा संलग्न ४ जना पक्राउ गरेको जनाएको छ । असोज २८ गते बेलुकी ४ः४२ बजेको समयमा बारा परवानीपुर गा.पा.वडा नं. ५ स्थित मनोकामना आयल फुड प्रोसेसिङ प्रा.लि.बाट प्रसोधित तेल एक लिटरको १४,५६० किलोग्राम र आधा लिटरको पाउच ५,९१५ किलोग्राम प्रदेश २–०३–००१ ख ४८१२ नम्बरको भाडाको ट्रकमा लोड गरी अंजनी कैरियर वीरगंज, पर्सामार्फत सिन्धुली जिल्लास्थित रोबिन स्पलायर्स प्रा.लि. कमलामाईमा लग्नुपर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका वडा नं. १ बस्ने सुकमान तामाङले नलगेर बेपत्ता बनाएका थिए । प्रहरीले चालकमाथि उजूरी परेपछि खोजतलासको क्रममा कात्तिक ४ गते चालक तामाङलाई पक्राउ गरेको थियो भने कात्तिक ५ गते सिम्रौनगढ नगरपालिका वडा नं.६ स्थित सिम्रौनगढ बजारमा उक्त ट्रक वेवारिसे अवस्थामा फेला पारेको थियो । रौतहट, गौर नगरपालिका वडा नं.१ स्थित रमेश कुमारले भण्डारण गरी राखेको अवस्थामा चोरीको तेल मध्ये ३१७ कार्टुन तेल र १५९ वटा खाली कार्टुन बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले यस कार्यमा संलग्न रमेश कुमार, शेख कलाम र बैधनाथ साह तेली पक्राउ गरेको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

सुनचाँदी व्यवसायीहरू आन्दोलित, तीन दिन सम्पूर्ण पसल बन्द हुने

वीरगञ्ज, जेष्ठ २९ गते नेपाल सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमा सुनचाँदी व्यवसायसँग सम्बन्धित प्रावधानहरूप्रति असहमति जनाउँदै पर्सा...
- Advertisement -spot_img

सम्बन्धित खबर