search

spot_img
spot_img

औद्योगिक सम्बन्ध विस्तार गर्न वीउवासंघको टोली सिंगापुर र भियतनामको लागि प्रस्थान

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ कार्तिक । वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा ३६ सदस्यीय व्यापारिक भ्रमण प्रतिनिधि मण्डल बुधवार सिंगापुर र भियतनामको लागि प्रस्थान गरेको छ । भ्रमणको क्रममा द्विपक्षीय व्यापार विस्तार प्रबद्धन गर्ने, निर्यात भइरहेको नेपाली वस्तुहरूको परिमाणमा वृद्धि गर्ने, नेपाली वस्तुहरू निर्यातको लागि बजारको पहिचान गर्ने, संस्थागत सम्बन्ध विस्तार गरिने, दुवै देशका उद्योगी व्यवसायीहरूसँग बी टु बी मिटिङ गरी वैदेशिक लगानीको लागि आग्रह गर्ने, अन्तर्राष्ट्रिय पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य रहेको अध्यक्ष डा. गुप्ताले बताउनुभयो । भ्रमणको क्रममा नेपालको भौगोलिक अवस्थिति, उद्योग, व्यापारको अवस्था, हाइड्रोपावर र पर्यटनको सम्भावना, शिक्षा, सूचना प्रविधिका बिषयहरू उजागर गरिने अध्यक्ष डा. गुप्ताले बताउनुभयो । त्यस्तै नेपालमा रहेको खनिज पदार्थ, जडिबुटी, प्राकृतिक छट्टा, शिक्षा अध्ययन केन्द्र निर्माण गर्न सकिने सम्भावनाको वारेमा पनि चर्चा गरिने र यस्ता क्षेत्रहरूमा लगानीको लागि आग्रह गरिने अध्यक्ष डा. गुप्ताले बताउनुभयो । सिंगापुरले अन्तर्राष्ट्रिय व्यापार र कनेक्टिभिटीमा गरेको प्रगति र भियतनामले सूचना प्रविधिको क्षेत्रमा प्रगति गरेकोले आनो देशमा समेत लागु गर्नको लागि त्यस्ता सूचना प्रविधिको वारेमा बुझिने, ती मुलुकहरूमा रहेका इण्डष्ट्रियल पार्कहरूको अवलोकन गरिने, तिनीहरूले उत्पादनका लागि अपनाएका उत्पादन प्रक्रियाका वारेमा अध्ययनका लागि सिंगापुर र भियतनामका उद्योग वाणिज्य संघहरूसंग छलफल गरिने भएकोले सङघबाट भइरहेको व्यापारिक भ्रमण हाम्रो लागि कोशेढुङ्गा साविक हुने डा. गुप्ताले बताउनु भयो । वीरगंज उद्योग वाणिज्य संघका सचिवालयले आयोजना गरेको एक कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल तथा द्वितीय उपाध्यक्ष हरिप्रसाद गौतमले शुभकामना मन्तव्य प्रकट गर्नु भएको भयो र भ्रमण टोलीका सदस्यहरूलाई फूलमाला, खादा तथा टीका लगाई भ्रमणको सफलताको शुभकामना दिंदै विदाई गर्नुभएको हो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads