search

spot_img
spot_img

प्रतिबन्धित औषधिसहित दम्पती पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २४ कात्तिक । बारा र पर्सा जिल्लाबाट प्रतिबन्धित औषधिको कारोबार फस्टाएको छ । पछिल्लो दिनमा बारा र पर्साको भारतीय सीमावर्ती जिल्लाबाट नेपालमा प्रतिबन्धित लागूऔषधको कारोबार बढेको हो । भारतबाट उक्त औषधि खरीद गरी नेपाल ल्याउने व्यक्तिहरु प्रायःजसो दिनहुँ पक्राउ परिरहेका हुन्छन् । नेपालमा प्रतिबन्धित उक्त औषधिको कारोबार निकै फस्टाएको छ । प्रतिबन्धित औषधिको कारोबारमा प्रायः युवाहरु संलग्न हुने गरेको छ । तर पछिल्लो समयमा यस कारोबारमा दम्पत्ति पनि संलग्न रहेको प्रहरीले जनाएको छ । यसैक्रममा लागूऔषधसहित एकजना दम्पतिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जानकारी गराएको छ । पक्राउ पर्नेमा ललितपुर म.न.पा. वडा नं. १४ का रमेश चित्रकार र मीनाकुमारी घले रहेको जिप्रका, पर्साले जनाएको छ । वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डमा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएकोटोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्पm पैदल हिँडि आउँदै गरेका दुवैलाई चेकजाँच गर्दा उक्त झोला भित्र प्रतिबन्धित लागु औषध नाईट्राभेट २३९८ पिस फेला परेको तथा उक्त लागु औषधहरू भारतको रक्सौलबाट खरिद गरेको जानकारी प्राप्त भएको पर्सा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवैजना पतिपत्नी रहेको जनाएको छ। दम्पतीलाई पर्सा जिल्ला अदालतबाट दिन ७ (सात) म्याद लिइ थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads