search

spot_img
spot_img

बालकसँग अप्राकृतिक मैथुन गर्न खोज्ने चौधरीको मृत्यु, बालक पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ मंसिर । जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले हत्या गरेको आरोपमा एकजना बालकलाई पक्राउ गरेको छ । मंसिर १४ गते बिहान ९ बजेको समयमा बाराको कोल्हवी नगरपालिका वडा नं. ११ रामपुर्वा टोल बस्ने वर्ष ४३ को परीक्षण चौधरीको हत्या गरी सोही ठाउँ निवासी सियाराम चौधरीको गोठघरको पछाडि खाल्टोमा पुरेको आरोपमा बालकलाई पक्राउ गरिएको जिप्रका, बाराले जनाएको छ । बालकको नाम प्रहरीले सार्वजनिक गरेको छैन । प्रहरीले घटनास्थलबाट भेटिएको चप्पलको आधारमा बालकलाई पक्राउ गरेको जनाएको छ । घटना विवरण अनुसार चौधरी र बालक घटना हुनुको अघिल्लो दिन अर्थात मङ्सिर १३ गते राति गाउँकै रामपुकार चौधरीको खाजापसलमा रक्सी सेवन गरेको र घरजाने क्रममा मृतक चौधरीले बालकसँग अप्राकृतिक मैथुन गर्न खोज्दा बालकले सिसौको दाउराले प्रहार गर्दा चौधरीको मृत्यु भएको र त्यसपछि चौधरीलाई घटनास्थल नजिकै खाल्टो खनी लासलाई गाडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले बारा जिल्ला अदालतबाट म्याद अनुमति लिएर बालकलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनास्थलबाट सिसौको दाउरा, कोदालो, रगतजस्तो पदार्थ लागेको पहेंलो रंगको च्यातेको बोरा, चप्पल १ थान, रगतजस्तो पदार्थ लागेको ज्याकेट एक थान, रगतजस्तो पदार्थ लागेको हाफ सर्ट, जिन्स पाइन्ट १ थान बरामद गरेको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads