search

spot_img
spot_img

आन्तरिक राजस्व विभागको नक्कली स्टिकरसहित दुईजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १८ पुस । जिल्ला प्रहरी कार्यालय, पर्साले आन्तरिक राजस्व विभागको नक्कली स्टिकरसहित दुईजनालाई पक्राउ गरेको छ । बारा विश्रामपुर गाउँपालिका वडा नं.५ घर भई हाल हाल वीरगञ्ज महानगरपालिका वडा नं. १५ त्रिशुल चोक बस्ने वर्ष २७ को मनिष कुमार साह तेली र वर्ष २५ को रंजन कुमार रामलाई प्रहरीले गोप्य सूचनाको आधारमा वीरगंज–१६ बाट पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ । उनीहरुको साथबाट आन्तरिक राजश्व विभागको लिक्युर २५ युपी ३७५ एमएल लेखिएको स्टिकर ३९ वटा र छायाकपी पाना फेला परेको प्रहरीले जनाएको छ । प्र.२–०३–००८ प २६६९ नम्बरको मोटरसाइकलमा भारतको रक्सौलबाट वीरगञ्जतर्फ आइरहेका यी दुवैजनालाई आन्तरिक राजश्व विभागको किर्ते तवरबाट तयार गरिएको स्टिकर गोजीमा लुकाएर वीरगंज आउनेक्रममा पक्राउ गरी पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थमाइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

मधेस प्रदेशका सांसद कुशवाहा निलम्बित

धनुषा, ३० जेठः मधेस प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बनमा परेका छन् । आज प्रदेशसभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले कुशवाहाको...
- Advertisement -spot_img

सम्बन्धित खबर