एकदिवशीय मान्यता कायम राख्न २ जित आवश्यक

२२ फागुन, काठमाडौं । पछिल्लो तीन साता नेपाल क्रिकेटले एउटा अभूतपूर्व लय समातेको छ । २–९ फागुनमा नेपालमै भएको नामिबिया र स्कटल्याण्डसम्मिलित त्रिकोणात्मक शृंखला क्लीनस्वीप गरेर दुवई पुगेको नेपालले यूएई र पपुवा न्युगिनी सम्मिलित अर्को शृंखलाको चारमध्ये तीन खेल जितेको छ । सन् २०१९ अगष्टदेखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग टू शृंखलामा सुरुवाती २४ […]

पेटभित्र रक्सीको बोतल भेटिएपछि …

एक्सरे र शल्यक्रिया गरि निकालिएको बोतल । २२ फागुन, वीरगञ्ज । रौतहटको गुजरा नगरपालिकाका २६ वर्षीय मन्सुर (परिवर्तित नाम)लाई आइतबार बिहान बेस्सरी पेट दुख्यो । बुवाले गाउँकै क्लिनिकबाट औषधि किनेर खुवाए । त्यो औषधी खाएर उनलाई २० को १९ पनि भएन । दुखाइ नघटेर मन्सुर छटपटाउने क्रम नरोकिएपछि सोमबार उनलाई उपचारका लागि चन्द्रपुर अस्पताल ल्याइयो […]

वसन्तपुरमा होली उत्सव, रंग दलेर आत्मीयता साटासाट (तस्वीरहरु)

२२ फागुन, काठमाडौं । रंगहरूको पर्व होली काठमाडौं उपत्यकासहित देशका पहाडी भू-भागमा उत्साह र उमङ्गका साथ मनाइएको छ । विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरेर होली मनाइएको हो । काठमाडौंको वसन्तपुर दरवार स्क्वायरमा होली विशेष कार्यक्रमको आयोजना गरिएको छ, जहाँ युवायुवतीहरु आपसमा रंग, अबीर दलेर आत्मीयता साटासाट गरिरहेका छन् । बसन्तपुरमा चीर ठड्याइएको ठाउँ नजिकै […]

ढुक्क पौडेल, ढुकढुकमा नेम्वाङ

२२ फागुन, काठमाडौं । राष्ट्रपतिको निर्वाचनको मौन अवधि आज (सोमबार) राति १२ बजेदेखि सुरु हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म उम्मेदवारले प्रचारप्रसार गर्न पाउँदैनन् । मौन अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको […]

लोप हुँदै भक्तपुरको परम्परागत होली शैली

२२ फागुन, भक्तपुर। ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नुपर्ने गरी हेर्न आको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने यस्ता गीतहरु अहिले लोपोन्मुख अवस्थामा पुगेका छन् । भीमसेन मन्दिरको पाटीमा बसेर फागुन शुक्ल […]

भगवतीले हराइन् अमेरिकी रेस्लर सादिकालाई

२२ फागुन, काठमाडौं । नेपाली रेस्लर भगवती खड्का (युनिका) ले अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्तमा सोमबार अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । भक्तपुरको सल्लाघारीमा भएको रोमाञ्चक भिडन्तमा भगवतीले अमेरिकाकी सादिकालाई पराजित गरेकी हुन् । होलीको पावन अवसरमा आयोजित रेस्लिङमा नेपालकी अस्मिता जुरेलीले भारतीय पुरुष रेस्लर अभिराज सिंहलाई हराइन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित रेस्लिङमा नेपाल ब्रोले […]

काठमाडौंमै मनाइयो टोमाटो होली (तस्वीरहरू)

२२ फागुन, काठमाडौं । काठमाडौंको लैनचौरमा टोमाटोको होली खेलिएको छ । ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले स्पेनमा मनाइने टोमाटो फेस्टिभल र होलीलाई एक साथ मनाउने भन्दै टोमाटो होली आयोजना गरेको हो । नेपालमा रंग र पानी खेलेर होली मनाउने गरिए पनि यसपालि होलीमा टोमाटो पनि थपिएको हो । स्पेनमा टोमाटो फेस्टिभलमा सहभागीहरुले एक अर्कालाई टमाटर फ्याँक्छन् […]

भीम सार्कीको अर्धशतक मद्दतमा सम्हालिँदै नेपाल

२२ फागुन, काठमाडौं । आईसीसी विश्वकप लिग टू क्रिकेटमा यूएईविरुद्ध नेपालका भीम सार्कीले अर्धशतक पूरा गरेका छन् । ४९ रन बनाउँदा ३ विकेट गुमाएर नेपाल संकटमा परेका बेला ब्याटिङमा आएका सार्कीले ७८ बलमा अर्धशतक पूरा गरेका हुन् । २०२२ मार्चमा भएको सिरिजमा नेपालका लागि डेब्यु गरेका भीमको राष्ट्रिय टिमबाट यो पहिलो अर्धशतक हो । सार्कीले […]

विदेशी पर्यटक पनि रमाए होलीमा

२२ फागुन, पोखरा । रंगहरुको पर्व होलीमा विदेशी पर्यटकहरु पनि रमाएका छन् । होलीको अवसरमा रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान)ले पोखरामा आयोजना गरेको होली महोत्सव कार्यक्रममा विदेशी पर्यटकहरु पनि रमाएका हुन् । पोखराको लेकसाइडमा आयोजित कार्यक्रममा करिब पाँच सय विदेशी पर्यटकहरु सहभागी थिए । लेकसाइड अम्बोटदेखि खहरेसम्म करिब तीन किलोमिटरको दुरीमा नेपाली मौलिक बाजागाजासहित महोत्सव […]

नेपाललाई छायांकन थलोको रुपमा चिनाउने डकुमेन्ट्री सार्वजनिक

काठमाडौं । नेपाल फिल्म छायांकन गन्तव्यको रुपमा विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यसहित तयार भएको डकुमेन्ट्रीलाई चलचित्र विकास बोर्डले सार्वजनिक गरेको छ । यसै महिना युएईको दुबईमा आयोजना भएको नेपाल सिनेमा फेस्टको क्रममा यो डकुमेन्ट्रीको प्रिमियर गरिएको थियो । १० मिनेट लामो वृत्तचित्रमा गण्डकी प्रदेशका आकर्षक छायांकन स्थललाई समेटिएको छ । यसलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् […]