search

spot_img
spot_img

बैशाखमा ग्रामीण फिल्म फेस्टिभलको दोस्रो संस्करण आयोजना हुने

पढ्न छुटाउनुभयो ?

फाइल तस्वीर

काठमाडौं । नेपाल ग्रामीण चलचित्र महोत्सवको दोस्रो संस्करण आगामी बैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालले आयोजना गर्ने महोत्सवको उद्देश्य पर्यटन प्रवद्र्धनसँगै नेपाली फिल्मलाई गाउँसम्म पुर्‍याउनु रहेको जनाइएको छ ।

महोत्सव अध्यक्ष रघुनाथ सापकोटाका अनुसार महोत्सवमा मौलिक र ग्रामिण कथावस्तुमा बनेका फिल्म प्रदर्शन हुनेछन् । भाग लिन चाहने फिल्मको लागि दर्ता आह्वान गरिएको जानकारी उनले दिए । गाउँले परिवेशमा निर्माण भएका कथानक, छोटा, वृत्तचित्र र आदिवासी फिल्मले भाग लिने छन् । जुरीले छनोट गरेका फिल्मलाई प्रदर्शन गर्ने र उत्कृष्टलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

दर्शकलाई मौलिक फिल्मप्रति आकर्षित गराउनु, फिल्म हेर्ने बानी बसाल्नु, अन्तर्राष्ट्रिय बजारमा लैजानु र कलासंस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्य रहेको आयोजकले जारी विज्ञप्तिमा उल्लेख छ । गतबर्ष गोरखा जिल्लाको लाप्राकमा सम्पन्न महोत्सवमा दर्शकको बाक्लो सहभागिता थियो । यसवर्ष हुने महोत्सव आयोजना स्थलको टुंगो लागेको छैन । महोत्सवका लागि चलचित्र विकास बोर्डसँग सहकार्य हुने भएको छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads