search

वसन्तपुरमा होली उत्सव, रंग दलेर आत्मीयता साटासाट (तस्वीरहरु)

पढ्न छुटाउनुभयो ?

२२ फागुन, काठमाडौं । रंगहरूको पर्व होली काठमाडौं उपत्यकासहित देशका पहाडी भू-भागमा उत्साह र उमङ्गका साथ मनाइएको छ ।

विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरेर होली मनाइएको हो । काठमाडौंको वसन्तपुर दरवार स्क्वायरमा होली विशेष कार्यक्रमको आयोजना गरिएको छ, जहाँ युवायुवतीहरु आपसमा रंग, अबीर दलेर आत्मीयता साटासाट गरिरहेका छन् ।

बसन्तपुरमा चीर ठड्याइएको ठाउँ नजिकै होली मेला लागेको छ । युवादेखि वृद्धसम्म होलीमा रमाइरहेका छन् भने कोहीले सेल्फी लिइरहेका छन् ।

बसन्तपुरको होलीमा सधैं जस्तो यसपटक पनि विदेशी पर्यटकको उल्लेख्य सहभागिता देखिएको छ ।

होलीको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

यही फागुन १५ गते वसन्तपुरमा चीर ठड्याइएको थियो । वसन्तपुरमा चीर ठड्याइएपछि होली औपचारिक रुपमा सुरु भएको मानिन्छ ।

हेर्नुहोस् तस्वीरहरु : 

 

 

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads