search

‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया घुमघाम गर्न काठमाडौंमा

पढ्न छुटाउनुभयो ?

काठमाडौं । ‘बाहुबली’ फेम्ड अभिनेत्री तमन्ना भाटिया होलीको बिदा मनाउन नेपाल आइपुगेकी छन् । उनले इन्स्टाग्राम एकाउन्टमा नेपालमा होली मनाएको तस्वीर पोस्ट गरेकी छन् ।

भारतमा मंगलबार होलीको बिदा भएकाले उनी नेपाल आइपुगेकी हुन् । ‘ह्याप्पी होली फ्रम नेपाल’ भन्दै उनले शुभकामना समेत दिएकी छन् ।

तेलुगु र तामिल फिल्म उद्योगकी यी चर्चित अभिनेत्रीको फिल्म ‘बाहुबली’का दुबै श्रृंखलाले नेपालमा आक्रामक कमाइ गरेका थिए । ती फिल्ममा उनी अभिनेता प्रवासको अपोजिटमा देखिएकी थिइन् ।

तमन्नाले नेपाल भ्रमणबारे विस्तृत खुलाएकी छैनन् । यद्यपी, उनको नेपाल आगमन घुमघामका लागि हुनसक्ने अनुमान छ ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads