नेपालको लक्ष्य : चारमा चारै जित

२४ फागुन, काठमाडौं । फागुन २ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा स्कटल्याण्ड र नामिबिया सम्मिलित आईसीसी क्रिकेट विश्वकप लिग टू शृंखला सुरु हुनु पूर्व नेपाललाई एक दिवशीय मान्यता नै जोगिने हो कि होइन भन्ने चिन्ता थियो । तर २३ दिनपछि पपुवा न्युगिनी र यूएईविरुद्ध लिग टूकाे अन्तिम शृंखला खेल्न यही मैदानमा उत्रिँदा  नेपाली टिम एकदिवशीय […]

राप्रपा तटस्थ बस्दा रामचन्द्रलाई राहत

२५ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि बिहीबार हुने राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बानेश्वरस्थित संसद भवनमा मतदान केन्द्र बनाइएको छ र, भोलि विहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ […]

वीरगञ्ज उद्योग वाणिज्य संघको ३५ जना कार्यसमिति सदस्य निर्विरोध चयन

२४ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको ३५ जना कार्य समिति सदस्य निर्विरोध चयन भएका छन् । विभिन्न क्षेत्रबाट उम्मेदवारी दिएका उद्योगी व्यवसायीले बुधबार मनोनयन फिर्ता लिएपछि कार्यसमितिका ३५ सदस्य निर्विरोध भएका हुन् । वीरगञ्ज उद्योग वाणिज्य संघमा वाणिज्य क्षेत्र तर्फबाट १५, उद्योग क्षेत्र तर्फबाट १३, एशोसिएटका ६, सम्बद्ध (एफिलिएटेड) तर्फबाट १ जना, मनोनित […]

ब्याजदर घटाउने बाटो खोज्दै बैंकहरु

२४ फागुन, काठमाडौंं । कर्जा र निक्षेपको औसत ब्याजदर अन्तर (स्प्रेड दर) घटाउनुपर्ने भएपछि बैंक तथा वित्तीय संस्थाले प्रिमियम बढी रहेको कर्जाको ब्याजदर घटाउन लागेका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत २०८० असार मसान्तभित्र स्प्रेड दर ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको थियो । मौद्रिक नीतिको […]

सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोही सम्मानित

२४ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोहीलाई सम्मान गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सगरमाथा आरोही सङ्घ र नेपाल पर्वतारोहण सङ्घले संयुक्त रुपमा सगरमाथालगायत हिमाल आरोहण गर्ने ३५ महिला आरोहीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा सन् २०१८ मा सबैभन्दा छिटो सगरमाथा […]

न्याय माग्दा लाञ्छना, प्रक्रिया पनि झञ्झटिलो : झन् असुरक्षित हुँदै छोरीहरु

२४ फागुन, काठमाडौं । सुदूरपश्चिमको एक विकट जिल्लाकी १८ वर्षीया महाकाली (परिवर्तित नाम) ले उच्च शिक्षा अध्ययनका लागि महेन्द्रनगर झर्न परिवारभित्रै कडा संघर्ष गर्नुप¥यो । टाढाको शहरमा छोरीलाई एक्लै पठाउन बुबाआमाको मनले मानिरहेको थिएन । घर नजिक राम्रो कलेज थिएन, भविष्य सम्झँदा घरमै राखिराख्न पनि परिवारलाई उचित लागेन । एक जना नातेदार कहाँ बसेर पढ्ने […]

भाडाको बक्यौता रकम तिर्न व्यवसायीलाई पशुपति क्षेत्र विकास कोषको ३५ दिने सूचना

फाइल तस्वीर २४ फागुन, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले भाडामा पसल चलाउने व्यापारीहरुलाई आगामी ३५ दिनभित्र भाडाको बक्यौता रकम तिर्न निर्देशन दिएको छ । कोषसँग सम्झौता गरी भाडामा पसल सञ्चालन गरिरहेका व्यवसायीहरुले ३५ दिन भित्र बक्यौता रकम नतिरे चल–अचल सम्पत्ति जफत गर्ने चेतावनी कोषले दिएको छ । कोषले बुधबार एक सूचना प्रकाशित गर्दै कोषको […]

दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का संयोजक शम्भु थापा पक्राउ

२४ फागुन, चितवन । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । धर्म, संस्कृति, राष्ट्र, […]

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज, यस्तो छ इतिहास

२४ फागुन, काठमाडौं । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो […]