search

spot_img
spot_img

नेपालको लक्ष्य : चारमा चारै जित

पढ्न छुटाउनुभयो ?

२४ फागुन, काठमाडौं । फागुन २ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा स्कटल्याण्ड र नामिबिया सम्मिलित आईसीसी क्रिकेट विश्वकप लिग टू शृंखला सुरु हुनु पूर्व नेपाललाई एक दिवशीय मान्यता नै जोगिने हो कि होइन भन्ने चिन्ता थियो ।

तर २३ दिनपछि पपुवा न्युगिनी र यूएईविरुद्ध लिग टूकाे अन्तिम शृंखला खेल्न यही मैदानमा उत्रिँदा  नेपाली टिम एकदिवशीय मान्यता जोगाउने होइन, तेस्रो हुँदै विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायर्समा छनोट हुने दाउमा छ ।

र त्यसका लागि नेपालको आत्म विश्वास पनि बढेको छ । नेपालको आत्म विश्वास त्यसै बढेको होइन, २ फागुनबाट सुरु भएको शृंखलाका सबै चार खेल जितेको नेपालले त्यस लगत्तै यूएईमा गएर पपुवा न्युगिनीसमेत सम्मिलित शृंखलामा खेलेका ४ मध्ये ३ खेल जितेपछि बढेको हो ।

अब चारै खेल जिते विश्वकपको छनोट र दुई खेल जिते एक दिवशीय मान्यता कायम रहने स्थितिमा रहेको नेपालले बिहीबारदेखि काठमाडौंमा यूएई र पपुवा न्युगिनीसम्मिलित अर्को शृंखला खेल्दै छ । यी टोलीविरुद्ध पनि स्कटल्याण्ड र नामिबियाबिरुद्धको नतिजा दोहोर्‍याएमा नेपालले सिधै एकदिवशीय विश्वकपको ग्लोबल क्वालिफायर्स खेल्न पाउनेछ । कप्तान रोहितकुमार पौडेल भन्छन्, ‘हामीले बेष्ट खेल्यौं भने ग्लोबल क्वालिफायर्समा पुग्ने सम्भावना बढी छ ।’

रोहितकुमार पौडेल ।

काठमाडौंमा खेलेका ४ र यूएईमा खेलेका ४ मध्ये ३ खेल जितेपछि नेपाली टिमका कप्तान रोहित र प्रशिक्षक मोन्टी देशाई घरेलु शृंखलाका लागि निकै सकरात्मक देखिन्छन् ।

‘घरेलु कन्डिसन हामीलाई थाहा छ । अलि बढी रन बनाउन मिल्ने पिच छ,’ कप्तान रोहित भन्छन्, ‘हामी सबै जना यसका लागि तयार छौं । मोमेन्टम राम्रो भइरहेको छ । खेल जित्नु महत्वपूर्ण कुरा हो ।’

प्रशिक्षक मोन्टी पनि वर्तमानमा रहेर प्रत्येक खेललाई हेर्दै जाने बताउँछन् । उनी पूरै शृंखलालाई नभई आउने खेललाई ध्यान दिने र त्यो खेल सकिएपछि आगामी खेलको योजना बनाउने बताउँछन् ।

‘हामीले यात्रा सुरु गर्दा नै प्रत्येक खेललाई हेरेर योजना बनाउने गरेका छौं । हामी सकेसम्म वर्तमानमा रहेर खेल्न मन पराउँछौं,’ देशाईले भने, ‘अहिलेको स्थितिमा हामी भोलि (बिहीबार पपुवा न्युगिनीसँग)को खेललाई मात्र योजना बनाएर खेल्नेछौं ।’

आउँदो खेललाई मात्र ध्यान दिएर योजना बनाउँदा सोचेजस्तो नतिजा आइरहेको कप्तान पौडेल बताउँछन् । ‘हामीले यूएई सिरिजमा कम्तीमा पनि तीन खेल जित्ने लक्ष्य लिएर गएका थियौं, त्यसरी नै भयो । सोचेजस्तो भइरहेको जस्तो छ ।’

मोन्दी देशाई ।

पछिल्लो समय निकै सकरात्मक नतिजा पस्किरहेका मोन्टीले नेपाली क्रिकेटमा आशा जगाएका छन् । एकदिवसीय मान्यता नै धरापमा रहेको अवस्थामा नेपाली टिमको जिम्मेवारी सम्हालेका मोन्टीकै प्रशिक्षणमा नेपालले ८ खेलमा ७ जित हात पारेको छ ।

घरेलु मैदानमा पछिल्लो सिरिजमा डेथ ओभर बलिङमा नेपालको समस्या देखिएको थियो । अहिले त्यो समस्या सुधार गरेकाले कप्तान रोहित आशावादी छन् । ‘हामीले डेथ ओभरमा काम गरिरहेका छौं । भोलिको खेलमा केही सुधार देखिनेछ’, उनी भन्छन् ।

एक दिवसीय मान्यता जोगाउने यूएईको लक्ष्य

यूएईले घरेलु मैदानमा पीएनजीसँगका दुई र नेपालसँगको एक खेल हारेपछि उसको विश्वकपको ग्लोबल क्वालिफायर्स पुग्ने संभावना न्यून बनेको छ ।

जसरी सबै चार खेल जितेमा नेपालको सिधै विश्वकपको ग्लोबल क्वालिफायर्समा पुग्ने संभावना छ, त्यस्तो संभावना यूएईको छैन, यूएईले सबै चार खेले जितेर मात्र हुँदैन, उसले रनरेट पनि सुधार्नु पर्छ ।

यूएईलाई एक दिवशीय मान्यता जोगाउनका लागि ३ खेल जित्नु पर्छ । त्यसैले यूएई एक दिवशीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आएको छ । ‘यूएईका विकेटकिपर वृत्य अरविन्द भन्छन्, ‘हामी नेपालमा आएर खेलिसकेका छौं । यहाँको वातावरण थाहा छ । हामीले राम्रो खेलसँगै एकदिवशीय मान्यता कायम राख्नेछौं ।’

यूएईमा दुवै खेलमा घरेलु टोलीलाई हराएको पीएनजी लिग टू अंक तालिकाको पुछारमा छ । तर पछिल्लो समयमा टिममा आएको सुुधारसहित शृंखला सुखद रुपमा सक्ने उसको चाहना छ । पीएनजीका कप्तान आशद भाला भन्छन्, ‘हामीले जुन आत्मविश्वासका साथमा यूएईमा खेल्यौं, सोही आत्मविश्वासका साथ उत्कृष्ट खेल यहाँ पनि खेल्न चाहन्छौं ।’

नेपाली मैदानमा खेल्नुमा छुट्टै मज्जा

एशोसिएट राष्ट्रमा क्रिकेट समर्थक धेरै भएको देश भन्दा फरक पर्दैन नेपाललाई । अनि नेपालको खेल भएका दिनमा कीर्तिपुरमा उपस्थिति हुने समर्थकले पनि नेपालको क्रिकेट क्रेज देखाउँछ । घरेलु टिमले त्रिवि मैदानमा समर्थकको राम्रो साथ पाउँदै आएको छ ।

नेपाललाई मात्र होइन विदेशी टिमलाई पनि कीर्तिपुरको मैदानमा खेल्न छुट्टै मज्जा हुन्छ । घरेलु टिमका खेल नभएका दिनमा पनि कीर्तिपुरमा उपस्थिति हुने दर्शकले टिमको हौसला बढाउँछन् ।

यूएईका विकेटकिपर अरविन्दले नेपालमा आएर क्रिकेट खेल्न निकै नै रमाइलो हुने गरेको बताउँछन् । ‘नेपालमा आएर खेल्नुको मजा नै छुट्टै छ । यहाँ आएर खेल्नु निकै रमाइलो पक्ष हो,’ उनी भन्छन्, ‘विश्वको जुनसुकै क्रिकेट टिम पनि नेपाल आएर खेल्न चाहन्छ । क्रिकेटलाई माया गर्ने दर्शकहरुका बिचमा खेल्नुको रमाइलो यहाँ बेग्लै हुुन्छ ।’

यसमा पीएनजीका कप्तान भाला पनि सहमत छन् । उनी भन्छन्, ‘नेपाल क्रिकेट खेल्नका लागि निकै राम्रो ठाउँ हो । यहाँ खेल्न रमाइलो तथा चुनौतीपूर्ण हुनेछ ।’

पीएनजीलाई हराएर शृंखला सुरु गर्ने नेपालको तयारी

नेपालले अन्तिम सिरिजको पहिलो खेल भोलि बिहीबार पपुवा न्युगिनीसँग खेल्नेछ । यूएईमा दुवै खेलमा नेपालले पीएनजीलाई हराएको थियो ।

‘भोलिको खेल राम्रो खेल्यौं भने जित्छौं । घरेलु कन्डिसन हामीलाई थाहा छ,’ कप्तान रोहितले भने, ‘यूएईमा हामीलाई रन बनाउन गाह्रो भइरहेको थियो । हामी राम्रो खेल्नेमा आशावादी छौं ।’

त्रिवि क्रिकेट मैदानमा टस कुनै पनि टिमका लागि महत्व राख्ने गर्छ । बिहानको मौसममा ब्याटिङ गर्न गाह्रो हुने र बलरलाई राम्रो हुने गरेको पाइन्छ । पछिल्लो शृंखलामा टसमा नेपाल भाग्यशाली बनेको थियो । ‘टस हाम्रो बसमा छैन । तर टिमले राम्रो खेलेको अवस्थामा जित्नेछ’, रोहितले भने ।

तस्वीरहरू : चन्द्र आले/अनलाइनखबर

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads