search

spot_img
spot_img

नवनिर्वाचित राष्ट्रपति पौडेलको प्रतिवद्धता : विधिको पालनामा प्रतिवद्ध रहन्छु

पढ्न छुटाउनुभयो ?

२५ फागुन, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले निश्पक्षता, तटस्थता र विधिको पालनामा प्रतिवद्ध रहने बताएका छन् ।

बिहीबार भएको निर्वाचनमा पौडेल राष्ट्रपति निर्वाचित भएका थिए । साँझ वक्तव्य जारी गर्दै पौडेलले आफूलाई समर्थन गर्ने दल तथा मत दिने सांसदहरुलाई धन्यवाद दिएका छन् ।

आफ्ना प्रतिस्पर्धी सुवास नेम्वाङ र उनलाई मत दिनेहरुप्रति सम्मान व्यक्त गर्ने उनले बताए ।

राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रहेर निर्दिष्ट कार्यसम्पादन गर्दा निश्पक्षता, तटस्थता र विधिको पालनामा प्रतिवद्ध पौडेलको प्रतिवद्धता छ ।

उनले भनेका छन्, ‘नेपालको राष्ट्यि एकताको प्रवर्धन, स्वाधिनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहने छन् ।’

राष्ट्रपतिका काम कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानमा अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्ने राष्ट्यि अभियानमा सरिक हुन सदैव तत्पर रहने उनले राष्ट्रपति पौडेलले बताएका छन् ।

 

 

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

एसपी आफै अनुसन्धान गर्न मुसैली पुगेपछि…..

वीरगंज, ३ असार । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ मुसैलीमा रहेको आदर्श क्रसर उद्योगमा एक व्यक्तिको शव...
- Advertisement -spot_img

सम्बन्धित खबर