search

पर्यटन मन्त्रालयले भोलिदेखि पशुपति सरसफाइ अभियान सञ्चालन गर्ने

पढ्न छुटाउनुभयो ?

फाइल तस्वीर

२६ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शनिबारदेखि पशुपति सरसफाइ अभियान सुरु गर्ने भएको छ । मन्त्रालय मातहतका सबै निकायका कर्मचारीको सहभागीतामा अब हरेक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान चलाइने छ ।

मन्त्रालयले यस अभियानमा सहभागी हुन कर्मचारीसहित संस्कृति प्रेमी, अभियन्ता, नागरिक समाज, सञ्चारकर्मीसहित आम नागरिकलाई अपिल गरेको छ । शनिबार ८ बजेदेखि १० बजेसम्म सफाइ अभियान चलाइने मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले जानकारी दिए ।

केसीकाअनुसार पशुपति क्षेत्रलाई प्रमुख आकर्षक स्थलका रुपमा विकास गर्न मन्त्रालयले यस्तो अभियान चलाउन लागेको हो । यो अभियान मन्त्री सुदन किरातीको अग्रसरतामा हुन लागेको हो । मन्त्री किरातीले पदभार ग्रहणकै बेला सरसफाइ अभियान चलाउने बताएका थिए ।

विमानस्थलबाट यो अभियानको सुरुवात गरेका उनले अब पशुपति क्षेत्रमा पनि अभियान सुरु गर्न लागेका हुन् ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads