सम्मानित पदमा सत्तारुढको मजाक

२७ फागुन, काठमाडौं । आगामी ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता भएको छ । केन्द्रीय कार्यालय च्यासलमा शनिबार बिहान बसेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका तर्फबाट तीन जनाको उम्मेदवारी […]

अष्ट्रेलियाविरुद्ध शुभमन गिलको शतक

तस्वीर : आईसीसी २७ फागुन, काठमाडौं । शुभमन गिलले दश हप्तामा पाँचौं शतक बनाएपछि चौथो टेष्टको पहिलो पारीमा भारतले ४८० रन बनाएको अष्ट्रेलियालाई राम्रो जवाफ दिएको छ । बिना विकेट क्षतिमा बनाएको ३६ रनबाट शनिबार तेस्रो दिनको खेल थालेको भारतका लागि गिलले ६२औं ओभरमा आफ्नो टेष्ट करियरको दोस्रो शतक पूरा गरे । एकै क्यालेण्डर इयर […]

एपीएफ र जाउलाखेल बराबरीमा रोकिए

२७ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली एपीएफ र जाउलाखेल युथ क्लबले गोलरहित बराबरी खेलेका छन् । दुबै टोलीले खेल अवधिभर गोलका लागि निकै प्रयास गरे पनि सफल हुन सकेन । १० खेलाडीमा समेटिएको एपीएफवबरुद्ध मौकाको फाइदा उठाउन नसक्दा जाउलाखेलले एक अंकमा चित्त बुझायो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खेलको […]

आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु

२७ फागुन, कटारी । उदयपुरको रौतामाई गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको आगलागीमा परी रौतामाई गाउँपालिका–८ पाँबुका रामबहादुर मगरको छ वर्षीया छोरी जस्मिन र दुई वर्षीय छोरा रोजन मगरको मृत्यु भएको हो । रामबहादुरको माटो र ढुङ्गाले बनेको दुईतले घरमा आगलागी हुँदा दुई छोराछोरीको मृत्यु भएको […]

द्वन्द्वकालका मुद्दा अदालतमा दर्ता हुनु शान्ति सम्झौताविपरीत : उपाध्यक्ष सापकोटा

२७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले द्वन्द्वकालका घटनाहरुको मुद्दा सर्वोच्च अदालतमा दर्ता हुनु विस्तृत शान्ति सम्झौताको विपरीत भएको बताए । शनिबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले नेपाल सरकार र तत्कालीन माओवादी पार्टीका बीचमा २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताका अनुसार संक्रमणकालीन न्यायको विषय अगाडि बढ्नुपर्ने बताएका हुन् । उनले […]

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

२७ फागुन, काठमाडौं । सत्ता गठबन्धनका दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो । बैठकले उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय गर्नेछ । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तोकिएको छ । उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र […]

मौसम बदली, चट्याङ्गसहित पानी पर्ने सम्भावना

२७ फागुन, काठमाडौं । मौसममा आज पनि आंशिक बदली भएको छ । आज देशका केही भागमा चट्याङसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र  गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा  मेघ गर्जन/चट्याङ्गसहित क्षणिक हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ महाशाखाले जनाएको […]