search

spot_img
spot_img

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला र रेजिना उप्रेतीको उम्मेदवारी

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

काठमाडौं । सदस्यता र आर्थिक प्रतिवेदनलाई लिएर विवाद कायम रहँदा चलचित्र कलाकार संघले आगामी चैत ४ गते नै निर्वाचन गर्ने भएको छ । शनिबार कार्यसमिति निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । जसमा अध्यक्ष पदमा मोहन निरौला र रेजिना उप्रेतीले उम्मेदवारी दर्ता गरेका छन् ।

सात जनाले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । जसमा धनबहादुर बम्जन (डीबी), कविता गेलाल, शिवहरि नेपाल, सरिता गिरी, पवनप्रसाद खतिवडा, तेजकुमारी खतिवडा र विष्णुप्रसाद रिजालले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

महासचिवमा पाँच जनाको उम्मेदवारी परेको छ । सञ्जय खतिवडा, धर्मानन्द आचार्य, सविन श्रेष्ठ, पनाह अधिकारी र उत्तम केसीले महासचिव पदमा उम्मेदवारी दिएका छन् । सचिवमा रामेश्वर बुर्लाकोटी र जीवन थापाको उम्मेदवारी परेको छ ।

कोषाध्यक्षमा विनोदकुमार भट्टराई र सुनिल कटुवालले उम्मेदवारी दिएका छन् भने सहकोषाध्यक्षमा रोहित रुम्बा र पवित्रा आचार्यले उम्मेदवारी पेस गरेका छन् ।

सदस्य पदमा २६ जनाले उम्मेदवारी दिएका छन् जसमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, सञ्जोग राणा, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, लक्ष्मण चौलागाईं, रञ्जना खड्का, सुनिलकुमार पुरी, नम्रता खरेलले उम्मेदवारी दिएका छन् ।

सदस्य पदमा गोपीलाल तामाङ, दिलकुमार दोङ, पुकार भट्टराई, दिनेश अवाल, खिन्नबहादुर भण्डारी, रामशरण जंगम, रामकुमार कार्की, राजेश गोसाईं, सरिता राजोपाध्याय, नीतु कोइराला गौतम, ईश्वरबल्लभ उप्रेती, भीमसेन बजगाईं, समीर लामा तामाङ, निर्मल स्याङतान, बबिता ढकालले उम्मेदवारी दिएका छन् ।

सदस्यता नवीकरण, कार्ड वितरण र आर्थिक प्रतिवेदनलाई लिएर केही सदस्यले उजुरी दिएका थिए । यसका लागि छानबिन समितिले पत्र पनि लेखेको थियो । लगत्तै कार्यसमितिले विवाद छिनोफानो नगरिकन महाधिवेशनमा जान नसकिने निर्णय गरेको थियो ।

तर यसैसाता बसेको दोस्रो बैठकले चैत ४ गते नै निर्वाचन गराउने निर्णय पुनः गरेको थियो । चलचित्र कलाकार संघ फिल्म अभिनयमा संलग्न कलाकारको छाता संस्था हो ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेश प्रदेश सरकारद्वारा उच्च आन्तरिक राजश्व संकलन

जनकपुरधाम २८ साउन । आर्थिक वर्ष ०८१ / ८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैया...

सम्बन्धित खबर

- Advertisement -neelambads