search

अग्रहरि समाजको ११ सदस्यीय केन्द्रीय समिति गठन

पढ्न छुटाउनुभयो ?

२८ फागुन, काठमाडौं । राष्ट्रिय अग्रहरि समाज नेपालको पहिलो अधिवेशनले डा. योगेन्द्र अग्रहरिको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्ष माया अग्रहरि र पारसनाथ बनियाँ, महासचिव रवीन्द्र अग्रहरि, सचिवमा ओमप्रकाश बनियाँ  र कोषाध्यक्ष दिलिप अग्रहरि चयन भएका छन् ।

सदस्यहरुमा दिलिप अग्रहरि, रेनु अग्रहरि, बालगोविन्द अग्रहरि, राधेश्याम अग्रहरि, चन्दीका अग्रहरि चयन भएका छन् । अधिवेशनले समाजको कानुनी सल्लाकारमा दीपक गुप्तालाई चयन गरेको छ ।  अधिवेशनले बद्रिविशाल गुप्ता, सुरेन्द्र अग्रहरि, जोगिन्दर अग्रहरि, अग्नि अग्रहरि, राजेन्द्र अग्रहरि, नागेन्द्र अग्रहरि, आदित्य अग्रहरि, प्रविण अग्रहरि रहेको सल्लाकार समिति पनि चयन गरेको छ ।

बुटवलमा आयोजित राष्ट्रिय अग्रहरि समाज नेपालको प्रथम साधारण सभा तथा प्रथम अधिवेशनले अग्रहरि समुदाय पिछडावर्गमा रहेको तर राज्यको सूचीमा नपरेको र सेवा सुविधा नपाएको भन्दै सूचीकरण गर्न माग गरेको छ ।

रुपन्देही, कपिलवस्तु, नवलपरासी, मोरङ, बारा, पर्सा र काठमाडौलगायतका जिल्लामा करिव ८ हजार अग्रहरिहरुको बसोवास छ । सरकारी तथ्यांकमा समेत अग्रहरि जातिको स्पष्ट पहिचान हुन नसकेको अध्यक्ष डा. योगेन्द्र अग्रहरिले बताए ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads