search

प्रधानमन्त्री डराउनुपर्छ, नागरिकलाई डराउन दिन हुन्न : गगन थापा

पढ्न छुटाउनुभयो ?

२८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको आर्थिक अवस्थालाई लिएर नागरिकलाई डराउन दिन नहुने बताएका छन् । तर आर्थिक अवस्था ठीक छैन भनेर प्रधानमन्त्री आफैं भने डराउनु पर्ने उनले बताए ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले स्रोतसँगै नागरिकको धैर्यतामा रहेको अभावलाई प्रधानमन्त्रीले बुझ्नुपर्ने बताए । उनले भने, ‘दर्जनौं मन्त्रालय अहिले खाली राखिदिएको छ । मन्त्रालय खाली राख्नु भनेको टाइम टिकटिक गरिरहेको हामीले बुझ्न सकेको छैनौं ।’

सत्तारुढ गठबन्धनले सरकार ५ वर्ष टिक्छ र यो अवधिमा डेलिभरी गर्न सकेन भने जनताबाट दण्ड भोग्न तयार छौं भनेर जनतासामू प्रतिबद्धता जनाउनुपर्ने समेत उनले बताए ।

Facebook Comments Box

ताजा खबर

मधेश प्रदेश सभाका पाँच सांसद पद मुक्त 

वीरगंज कात्तिक २७ — मधेश प्रदेशसभाले पाँच जना सांसदको पद रिक्त घोषणा गरेको छ। प्रदेशसभा सचिवालयले बिहीबार सूचना जारी...

सम्बन्धित खबर

- Advertisement -neelambads