राष्ट्रपतिले थाले टिम निर्माणको तयारी, को-को छन् सम्भावित अनुहार ?

२९ फागुन, काठमाडौं । नीति सिद्धान्तका कुरामा दिलचस्पी राख्ने थोरै नेतामध्ये पर्छन्, रामचन्द्र पौडेल । २५ फागुनमा राष्ट्रपति चुनिएसँगै उनले भनेका थिए, ‘नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन् ।’ देशको सर्वोच्च पदमा पुगेका पौडेलको पदको कार्यभार तथा संवैधानिक सीमाबाट दायाँ-बायाँ नगर्ने वास्तविक परीक्षा […]

मल दिन नसकेको सरकारले अनुदान पनि घटायो

२९ फागुन, काठमाडौं । सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान कटौती गरेको छ । यससँगै समयमा मल पाउन नसकेका किसानले अब मूल्य पनि बढी तिर्नुपर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयंले सम्हालेको कृषि तथा पशुपन्छी मन्त्रालयले २७ फागुनमा मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको हो । यसअनुसार सोमबार (२९ फागुन) […]

राष्ट्रपतिलाई सापकोटा बाजेको सन्देश : जनताको मनमा बस्नुहोस्

२९ फागुन, पोखरा । बाग्लुङको काठेखोला गाउँपालिका–६ बिऊँका डिलप्रसाद सापकोटा शनिबार डालेघाँस काटेर छिमल्दै थिए । मोबाइलमा घन्टी बज्यो । ६३ वर्षीय डिलप्रसादले फोन उठाए । ‘सापकोटा बाजे नमस्कार, म रामचन्द्र पौडेलको सचिवालयबाट चिरञ्जीवी अधिकारी । रामचन्द्र बुवा राष्ट्रपति हुनुभएकाले सोमबार शपथ छ । हजुर पनि आउनुपर्‍यो’, फोनकर्ताले भने । सापकोटाले ‘म आइतबार नाइट गाडी […]

चिराइतोको मूल्य अलैँचीको भन्दा बढी

२९ फागुन, ताप्लेजजुङ । चिराइतोको मूल्य गत वर्षको तुलनामा १० हजार रुपैयाँले वृद्धि भएको छ । गएको वर्ष प्रतिमन (४० किलो) ३० हजार रुपैयाँका दरले कारोबार भएको चिराइतोको मूल्य हाल ४० हजार रुपैयाँ पुगेको छ । पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोतका रूपमा रहेको अलैँचीको भन्दा चिराइतोको मूल्य माथि पुगेको हो । अलैँची प्रतिमन रु ३५ […]

छोरा बेपत्ता पारेको भन्दै सेनाका सुवेदारविरुद्ध जाहेरी

बेपत्ता नेत्रप्रसाद बरालको तस्वीर २९ फागुन, पोखरा । माओवादी द्वन्द्वकालमा छोरा बेपत्ता पारिएको भन्दै पोखरा महानगरपालिका-३० का अणनाथ बरालले नेपाली सेनाका एक कर्मचारीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका छन् । २०६० कात्तिक १९ गते बिहान ५ बजे छोरा नेत्रप्रसादलाई पक्राउ गरी बेपत्ता पारेको भन्दै फूलबारी ब्यारेकका सुबेदार कृष्णबहादुर गुरुङबिरुद्ध बरालले सोमबार किटानी जाहेरी […]

सुरक्षा पन्त अभिनित फिल्म ‘बुलाकी’को गीत ‘नाच सुवा नाच’ सार्वजनिक

काठमाडौं । सुरक्षा पन्त र नरेन खड्काको शीर्ष भूमिका रहेको फिल्म ‘बुलाकी’को पहिलो गीत ‘नाच सुवा नाच’ सार्वजनिक भएको छ । गीतमा अभिनेत्री अनु पराजुली र गायक कृष्ण रेउलेलाई अतिथि कलाकारको रुपमा प्रस्तुत गरिएको छ । टोपेन्द्र विष्टले निर्माण गरेको फिल्मको सार्वजनिक गीतमा गोविन्द मधुर आचार्यको शब्द रचना तथा संगीत छ । कविराज गहतराजको नृत्य […]

गुल्मीमा ४ वटा क्याम्पसमा सबै पद निर्विरोध

२९ फागुन, गुल्मी । गुल्मीमा ४ वटा क्याम्पसमा स्ववियु सभापति सहित सबै पद निर्विरोध भएको छ । जिल्लाको मानका टिकाराम बहुमुखी क्याम्पस मजुवा, चन्द्रकोट बहुमुखी क्याम्पस शान्तिपुर, सत्यवती बहुमुखी क्याम्पस सत्यवती र रिडी बहुमुखी क्याम्पस रिडीमा स्ववियु सभापति सबै पदमा निर्विरोध भएको हो । यी क्यामपसहरुमा अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी)बाट मिलेर एउटै प्यानल बनाएर […]

राष्ट्रपति पौडेलसँगै जेल बसेकालाई शपथ ग्रहणमा निम्तो

२९ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफूसँगै जेलमा बसेकाहरुलाई शपथग्रहण समारोहमा बोलाएका छन् । इन्दु शर्मा, गोविन्द कँडेल, रघुपति शर्मा र डिल प्रसाद सापकोटालाई पौडेलले आफ्नो शपथग्रहण समारोहमा बोलाएका हुन् । सापकोटा बाजे भनेर चिनिने डिलप्रसादले पौडेल बागलुङ जेलमा बस्दा दूध पुर्याएर सहयोग गरेका थिए । बागलुङमा बस्दै आएका डिलप्रसादलाई पनि पौडेलले शपथ ग्रहण […]

काठमाडौंका मेयर बालेन आज लन्डन जाँदै

२९ फागुन,काठमाडौ ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) आज लण्डन जाँदैछन्  । फागुन ३० देखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर सहित ४ सदस्यीय टोली आज साँझ लण्डन जान लागेको हो । टोलीमा २४ नम्बर वडाध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव शाह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा.जगदीशप्रसाद जैसवाल रहेको […]

राष्ट्रपति पौडेलले आज शपथ ग्रहण गर्दै

२९ फागुन, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । दिउँसो एक बजे शितलनिवासमा आयोजना हुने विशेष समारोहमा पौडेलले शपथ ग्रहण गर्न लागेका हुन् । प्रधानन्यायाधीश नभएकाले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराउनेछन् । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल […]