search

spot_img
spot_img

राष्ट्रपति पौडेलले आज शपथ ग्रहण गर्दै

पढ्न छुटाउनुभयो ?

२९ फागुन, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । दिउँसो एक बजे शितलनिवासमा आयोजना हुने विशेष समारोहमा पौडेलले शपथ ग्रहण गर्न लागेका हुन् ।

प्रधानन्यायाधीश नभएकाले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराउनेछन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । उनले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी निर्वाचित भएका हुन् । चुनावमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नपाउने संविधानमा उल्लेख छ ।

नेपालमा २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव र दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी हुन् ।

लगातार दुई कार्यकाल पूरा गरेकी राष्ट्रपति बनेकी भण्डारी आज शितल निवासबाट बुढानीलकण्ठस्थित निजी निवासमा सर्नेछिन् । कार्यकालको अन्तिम दिन भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित राजनीतिक दलका शीर्ष नेताहरुले शितल निवासमा भेटघाट गरेका थिए ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

खानेपानी मन्त्रीको सक्रियतामा पर्साको सय स्थानमा डिप बोरिङ

वीरगंज, १५ असार / गर्मी र पानीको हाहाकार भइरहेको पर्साको विभिन्न ठाउमा करिब सय स्थानमा डिप बोरिङ गरिएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads