कांग्रेसबाट अर्थमन्त्री को ?

३० फागुन, काठमाडौं । मन्त्रिपरिषद् विस्तारको तयारीसँगै सत्ता गठबन्धनको सबभन्दा ठूलो दल नेपाली कांग्रेसमा मन्त्रीका आकांक्षी नेताहरुको दौडधुप सुरु भएको छ । राष्ट्रपति चुनावमा माओवादीले कांग्रेसलाई सघाउने निर्णय गरेसँगै एमाले सरकारबाट बाहिरिएको छ । ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनपछि कांग्रेस सरकारमा जाने तयारीमा छ । माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार ५ गतेसम्म उपराष्ट्रपति निर्वाचनको आचार […]

केन्द्रीय क्याम्पसमा ठूला संगठनलाई स्वतन्त्रको चुनौती

२९ फागुन, काठमाडौं । त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्नातकोत्तर पढाइ दिउँसोमात्रै हुनेगर्छ । प्राय विहान एमफिल पीएचडीका शोधार्थी मात्र आउने हुनाले उस्तो चहलपहल हुने गर्दैन । तर हिजोआज बिहानैदेखि विद्यार्थीहरुको आउजाउ बढेको छ । कारण हो, स्वतन्त्र विद्यार्थी युनियन चुनाव । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका यी केन्द्रीय विभागमा अध्ययन गर्ने विद्यार्थीले विश्वविद्यालय क्याम्पसको स्ववियु नेतृत्व चयनका […]

बैंक विरोधी आन्दोलनमा घुस्यो राजनीति

३० फागुन, काठमाडौं । बैंकको ब्याज चर्को भएको भन्दै भइरहेको आन्दोलनले विस्तारै चुनावको राजनीति देखिन थालेको छ । नेपाल उद्योग बाणिज्य महासंघको चुनाव नजिकिँदै गर्दा नेतृत्वका आकांक्षीहरु नै उद्योगी व्यवासायीहरुको आन्दोलनमा सक्रिय सहभागी हुन थालेका हुन् । मंगलबार नेपाल राष्ट्रिय व्यवसायी महासंघको आहृवानमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय नजिकै भएको धर्नामा त महासंघको वरिष्ठ उपाध्यक्षमा […]

लघुवित्त र मिटरब्याज पीडितसँग दुर्गा प्रसाईको मजाक

३० फागनु, काठमाडौं । मिटरब्याजी र लघुवित्त वित्तीय संस्थाको ऋणको मारमा परेकाहरु सरकारले समस्या समाधानका लागि चासो नदिएको भन्दै आक्रोश पोख्न मंगलबार राजधानीको माइतीघरमा जम्मा भए । जहाँ दूध खाँदै गरेका काखे बालक च्यापेर रातभर बसयात्रा गरेर अनिँदै आइपुग्नेहरु पनि थिए । घरबाटै खाना र खाजा बोकेर आन्दोलनमा आएका उनीहरू बिहान १० बजेदेखि राजधानीको टेकुदेखि […]

सबै वामपन्थीहरुको गन्तव्य एमाले हो : सचिव भट्ट

३० फागुन, धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सबै वामपन्थी घटकहरू एमाले भित्र गोलबद्ध हुने बताएका छन् । उनले वामपन्थीहरु एमालेमा केन्द्रित भएर त्यसको नेतृत्व केपी शर्मा ओलीले गर्ने बताएका हुन् । नेकपा एमाले धनगढी नगर कमिटीले मंगलबार आयोजना गरेको नगर स्तरीय जनसंगठनहहरुको संयुक्त मिसन ग्रासरुट सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन […]

ती स्वीटजरल्यान्ड र जापान, अनि समय खेर फालिरहेको नेपाल

हाम्रो देशमा यतिबेला राजनीतिक दलहरूबीच राष्ट्र निर्माणका विषयमा न्यूनतम राजनीतिक समझदारी छैन । स्वयं दलभित्रै आन्तरिक एकता छैन । दलका अवयवहरु अस्तव्यस्त छन्  । पार्टी सदस्यहरु निराश छन् । वर्षेनि लाखौं युवा विदेश पलायन हुँदैछन् । अर्थतन्त्र आयातमुखी छ । विप्रेषणमा निर्भर छ । राजस्वले चालू खर्च धान्दैन । राज्यसँग वैदेशिक ऋण र अनुदानमा आधारित पूँजीगत खर्च उपयोग गर्ने सामर्थ्य छैन । वैदेशिक ऋण चुलिएको छ। […]

विषाक्त खानाले मर्ने गिद्धको संख्या ६ पुग्यो

३० फागुन, पुर्वी नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा विषाक्त सिनो खाएर मर्ने गिद्धको सङ्ख्या ६ पुगेको छ । साथै चार वटा बिरामी गिद्धलाई उद्धार गरेर कावासोती १३ मा रहेको जटायु रेष्टुराँमा उपचार गरिएको छ । मर्ने सबै गिद्ध लोपोन्मुख डङ्गर प्रजातीका हुन् । कावासोती नगरपालिका-३ नजिकै रहेको ज्योतिकुञ्ज सामुदायिक वन र अङ्कुर सामुदायिक वन क्षेत्र […]

शाहरुख र आलिया बने भारतका सबैभन्दा लोकप्रिय स्टार

काठमाडौं । भारतीय रेटिङ एजेन्सी ओरम्याक्सले प्रत्येक महिना लोकप्रिय पुरुष र महिला स्टारको सूची सार्वजनिक गर्छ । उक्त मिडियाले फेब्रुअरी महिनाको सूची सेयर गरेको छ, जसमा शाहरुख खान भारतका सबैभन्दा लोकप्रिय अभिनेता बनेका छन् । महिला कलाकारतर्फ दीपिका पादुकोणलाई पछि पार्दै आलिया भट्टले पहिलो स्थान हासिल गरिन् । दोस्रो स्थानमा दीपिका र कियारा आडवाणी तेस्रो […]

संक्रमणकालीन न्याय : माओवादी मात्रै झस्किनुपर्ने विषय होइन

गत साता मुलुकको तेस्रो राष्ट्रपतिको निर्वाचन कसले जित्ला भन्ने होडबाजी चलिरहेको बेला एकाएक बहालवाला प्रधानमन्त्रीलाई पक्राउ गरी फौजदारी अभियोगमा अनुसन्धान गरिपाउँ भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि सबैको मस्तिष्क तरंगित भयो । नेपालमा २०५२ देखि २०६२ सालसम्म चलेको सशस्त्र द्वन्द्वको क्रममा मारिएका र बेपत्ता पारिएका व्यक्तिहरूले द्वन्द्व समाप्त भएको १७ वर्षसम्म पनि कुनै न्याय नपाएको, […]

क्यासिनोको कठोर नियमनको विपक्षमा उभिए सांसद

३० फागुन, काठमाडौं । सांसदहरुले देशभर सञ्चालित क्यासिनोहरुलाई कठोर नियमन गर्न नहुने वकालत थालेका छन् । नियमावलीका भरमा चलेका क्यासिनोहरुलाई पर्यटन ऐनमा संशोधन गरी नियमनको दायरामा ल्याउन खोज्दा कतिपय सांसदहरु खुकुलो नियमनको पक्षमा उभिएका हुन् । सम्पत्ति शुद्धीकरण सम्बन्धी विषय आकर्षित हुने कानूनहरुको एकमुष्ट संशोधन गर्ने विधेयक पेश गर्दै सरकारले ‘पर्यटन ऐन २०३५’ पनि परिमार्जन […]