बालुवाटारमा तयार भयो प्रधानमन्त्रीको सार्वजनिक भवन
१ चैत, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा सार्वजनिक भवन पनि सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटघाटहरु बुधबारदेखि सार्वजनिक भवनमा गर्न थालेका हुन् । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठ भन्छन्, ‘इन्टेरियरसहित सबै काम सकिएको छ । सम्माननीय (प्रधानमन्त्री) ले बुधबारदेखि बैठकहरु गर्न थाल्नुभएको छ ।’ सार्वजनिक भवनमा […]
विप्लवको लगातार ज्यान धम्कीबारे सरकार मूकदर्शक
१ चैत, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट निवेदन दर्ता गर्न आदेश दिएपछि माओवादी घटकहरुले विरोध गरिरहेका छन् । राजनीतिक प्रतिवादहरुकै बीच सबै संयम गुमाएर बोलिरहेका छन् नेत्रविक्रम चन्द ‘विप्लव’ । एक साताअघि उनले आफूहरुविरुद्ध बोल्नेलाई ‘ठेगान लगाइदिने’ धम्की दिएका थिए । त्यसको अर्को दिन उनैले ‘सशस्त्र […]
विराट गोल्डकपमा भारतबाट दुई टोली आउने
१ चैत, विराटनगर । विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगितामा आठ टोली सहभागी हुने भएका छन् । चैत ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतबाट आउने दुईसहित आठ टोली सहभागी हुने भएका हुन् । विराट गोल्डकप खेल्नका लागि भारतबाट आई लिगको दोस्रो डिभिजन खेलिरहेको दिल्ली एफसी र केरलामा रहेको लुका सकर क्लब आउने […]
मन्त्री र उच्च तहका कमर्चारीले अति आवश्यकबाहेक विदेश भ्रमण नगर्ने
१ चैत, काठमाडौं । सरकारले मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीले अति आवश्यकबाहेक विदेश भ्रमण नगर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अति आवश्यक अवस्थामाबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीले विदेश भ्रमण नगर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
चीन जाने यात्रुलाई आजदेखि लागु हुनेछन् यी नियम, के–के चाहिन्छ कागजात ?
फाइल तस्वीर १ चैत, काठमाडौं । चीनले धेरै मुलुकमा लागेको यात्रा प्रतिबन्धहरु हटाइरहेको छ । जसका कारण चिनियाँ नागरिक घुमफिरमा निस्कन वा अन्य मुलुकका नागरिक चीन जान सहज भएको छ । यससँगै नेपालबाट चीन जान भने यात्रुले केही तोकिएका कागजात अनिवार्य बोक्नु पर्ने भएको छ । नेपालबाट चीनमा नियमित उडान गरिरहेको हिमालय एयरलाइन्सका अनुसार चीन […]
विप्लव र कर्णजित बुढा नेतृत्वको दुई पार्टीबीच एकता
१ चैत, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकता हुने भएको छ । पार्टी एकताबारे जानकारी दिन बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको छ । नेकपाका प्रचार विभाग इन्चार्ज अनिल शर्माले विज्ञप्ति निकालेर प्रज्ञा भवनमा पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी दिए […]
आर्टिफिसियल इन्टेलिजेन्स र तेस्रो विश्व
पछिल्ला महिनाहरुलाई भविष्यको प्रक्षेपण गर्न सक्षम अर्थात् प्रेडिक्टिभ आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि मूल धारमा आएको क्षणको रुपमा सम्झना गर्न सकिन्छ । भविष्यको प्रक्षेपण अर्थात् भविष्यवाणी गर्ने अल्गोरिदमहरू दशकौंदेखि प्रयोग हुँदै आएका भए पनि ओपन एआई कम्पनीको च्याट जिपिटी थ्री जस्ता एप्लिकेसनहरू आउनु र माइक्रोसफ्टको बिंग सर्च इन्जिनमा त्यसको तीव्र समायोजन हुनुले प्रयोगकर्तामैत्री आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको ढोका […]