search

चीन जाने यात्रुलाई आजदेखि लागु हुनेछन् यी नियम, के–के चाहिन्छ कागजात ?

पढ्न छुटाउनुभयो ?

फाइल तस्वीर

१ चैत, काठमाडौं । चीनले धेरै मुलुकमा लागेको यात्रा प्रतिबन्धहरु हटाइरहेको छ । जसका कारण चिनियाँ नागरिक घुमफिरमा निस्कन वा अन्य मुलुकका नागरिक चीन जान सहज भएको छ । यससँगै नेपालबाट चीन जान भने यात्रुले केही तोकिएका कागजात अनिवार्य बोक्नु पर्ने भएको छ ।

नेपालबाट चीनमा नियमित उडान गरिरहेको हिमालय एयरलाइन्सका अनुसार चीन जाने सबै यात्रुले कोभिड-१९ को लागि बोर्डिङ अघि ४८ घण्टा भित्रको न्यूक्लिक एसिड टेस्ट वा एन्टिजेन–रेपिड टेस्ट (एआरटी वा एआरटी–घरेलु–परीक्षण) गर्नु पर्ने भएको छ । टेस्टको नतिजा आएमा मात्र चीनमा यात्रा गर्न सकिने भएको छ । नतिजा पोजेटिभ आयो भने चाहिं कोभिड-१९ रिर्पोट नेगेटिभ आएपछि मात्र यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।

यात्रुले आफ्नो नेगेटिभ परीक्षण परिणाम चिनियाँ कष्टमलाई जानकारी गराउनु पर्छ । यसका लागि भने ‘एचटीटीपीएसः//एचटीडीइसीएल.चाइनापोर्ट.जीओभी.सीएन’मा रहेको वीच्याट मिनी प्रोग्राम वा चाइना कष्टम एपमार्फत हेल्थ डेक्लेरेसन फारम भरेर जानकारी गराउनु पर्ने भएको छ । यात्रुले एयरपोर्ट चेकइनपछि हेल्थ डेक्लेरेसन कोड अप्लाई गर्नुपर्ने समेत एयरलाइन्सले जनाएको छ ।

हेर्नुहोस् सूचनाः

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads