search

spot_img
spot_img

मोहन निरौलाले घोषणा गरे प्यानल, सविन श्रेष्ठ महासचिवको उम्मेदवार

पढ्न छुटाउनुभयो ?

काठमाडौं । शनिबार हुने चलचित्र कलाकार संघको कार्यसमिति चुनावमा अध्यक्ष पदमा उम्मेदवारी दिएका मोहन निरौलाले प्यानल घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले एजेण्डासहित प्यानलबाट उम्मेदवारी दिने अन्यको नाम समेत सार्वजनिक गरे ।

निरौलाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल छन् । महासचिवमा सविन श्रेष्ठ छन् । सचिवमा रामेश्वर बुर्लाकोटी छन् । कोषाध्यक्षमा सुनिल कटुवाल र सहकोषाध्यक्षमा पवित्रा आचार्य छिन् । सहकोषाध्यक्षमा उम्मेदवारी दिएकी आचार्य निर्विरोध निर्वाचित भइसकेकी छन् ।

सदस्यहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा छन् । कलाकार संघको भवन तथा कार्यालय व्यवस्थापन, सदस्यतासहित सामाजिक सुरक्षा, वृत्तिविकासलाई निरौलाले एजेण्डा बनाएका छन् ।

निरौला संघका वर्तमान उपाध्यक्ष तथा प्रवक्ता समेत हुन् । बुधबार मात्रै अध्यक्ष पदकी अर्की उम्मेदवार रेजिना उप्रेतीले प्यानल घोषणा गरेकी थिइन् । यतिबेला चलचित्र कलाकारहरु चुनावमा व्यस्त छन् । शनिबार हुने चुनावका लागि उम्मेदवारहरु भोट माग्न व्यस्त देखिन्छन् ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

चितवनमा बस र भ्यान ठोक्किँदा ७ को मृत्यु, १८ घाइते

चितवन, ०७ असार — चितवनको राप्ती नगरपालिका–४ खहरेपुलमा शनिबार बिहान बस र विद्युतिय भ्यान आपसमा ठोक्किँदा एक गर्भवती महिला...
- Advertisement -spot_img

सम्बन्धित खबर