search

धनुषामा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु

पढ्न छुटाउनुभयो ?

२३ चैत, जनकपुरधाम । धनुषामा ट्रकले मोटरसाइकलमा ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुर मोटरसाइकल चालक २२ वर्षीय युवराज महतोको रहेका छन् ।

बुधबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिहरपुरस्थित औरही पुलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ०१–०२–००१ ख ८७७३ नम्बरको ट्रकले महतोले चलाइरहेको प्रदेश २–०२–००२ प ८३०४ नम्बरको मोटरसाइकलमा ठक्कर दिंदा उक्त दुर्घटना भएको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads