Breaking News: रौतहटमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

रौतहट २६ चैत्र  । रौतहटको माधव नारायण नगरपालिका–४ विशुनपूर्वा मानपुरमा भीषण आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी वीरबहादुर बुढामगरले हालसम्म ४ वटा घरमा क्षति पुगेको र आगलागी नियन्त्रण गर्ने प्रयास जारी रहेको जानकारी दिएका हुन् । यता आगलागीमा परेर घर, चौपाया अन्न, लताकपडा जलेर नष्ट भएको स्थानीय समाजसवी पारस भण्डारीले बताए । यद्यपि […]

नेपाल यातायात मजदूर संघको वीरगंजमा उद्घाटन, मजदूर नै कांग्रेस पार्टीका जन्मदाता– डा कोइराला

वीरगंज, २६ चैत । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले श्रमिक वर्गको माग सम्बोधन गर्न श्रम आयोग गठन गर्नुपर्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसनिकट नेपाल यातायात मजदुर सङघको सातौँ राष्ट्रिय महाधिवेशनको आज वीरगञ्जमा उदघाटन गर्नुहुँदै उहाँले भन्नुभयो– “संविधान बन्ने क्रममा श्रम आयोगको कुरा उठाएको थिए, तर यसमा ध्यान पुगेन ।” श्रम आयोग बनाउन […]

सडक कालोपत्रको माग गर्दै बारामा सडकमै धर्ना

बारा, २६ चैत । सहायक हुलाकी सडक कालोपत्रे गर्नुपर्ने माग सहित स्थानीयले आइतवार कलैयाको तीनकुने चोकमा सडक अवरूद्ध पारेर धर्ना दिएका छन् । सो स्थानमा सडक कालोपत्र नहुंदा धुलो उड्ने गरेको कारण स्थानीयले आज बिहान साढे ७ बजे देखि सडकमै टेन्ट राखेर, आगो बालेर, ढाट लगाएर आवतजावत रोकेका छन । धर्नाकारीले कलैया उपमहानगरपालिका मेयर, बाराका […]

बारामा उपनिर्वाचनको तयारी तीव्र, ३६ जनाको उम्मेदवारी

वीरगंज, २६ चैत । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्ना तयारीमा तीव्रताका साथ जुटेका छन् । मधेस प्रदेशको बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि बारा क्षेत्र नं २ मा ३६ जनाको उम्मेदवारी परेको छ । बारा क्षेत्र नं २ मा […]

रास्वपाका सांसदले दुर्गा प्रसाईसँग २ करोडको डिल गरेको अडियो सार्वजनिक

वीरगंज, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले २ करोड रुपियाँँ मागेको अडियो सार्वजनिक भएको छ। कपुरबोट मिडियाले मेडिकल व्यवसायी दुर्गा प्रसाइसँगको अडियो सार्वजनिक गरेको हो। उक्त अडियोमा श्रेष्ठले आफ्नो पार्टीको भागमा स्वास्थ्य मन्त्रालय परेको र स्वास्थ्य मन्त्री बन्न २ करोड चाहिने बताएका छन। दुई/रतीन जना छुट्टै छन् पार्टीलाई धेरै सहयोग गर्ने, […]

बाराको सुवर्ण गापामा महायज्ञमा दलित समुदायलाई पूजापाठमा रोक

वीरगंज, २६ चैत । बाराको सुवर्ण गाउँपालिकामा आइतवारदेखि भइरहेको विष्णु महायज्ञमा दलित समुदायलाई पूजापाठमा रोक लगाएपछि जिल्ला प्रशासन कार्यालय कलैयामा उजुरी परेको छ । वडा नम्बर १ घुसुकपुरमा आइतवारदेखि भइरहेको महायज्ञमा दलितहरुलाई प्रवेश गर्न नदिएको भन्दै नेपाल दलित मुक्ति संगठनले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको हो । ५ वैशाख गतेसम्म हुने यज्ञमा ९० घरपरिवारका […]

बारामा आफ्नो जीत सुनिश्चित– उपेन्द्र यादव

बारा, २६ चैत । जसपाका उम्मेदवार उपेन्द्र यादवले बारा क्षेत्र नं. २ बाट आफ्नो जित सुनिश्चित रहेको दावी गरेका छन् । आइतवार देवताल गाउँपालिकाको बिभिन्न वडामा चुनावी कार्यक्रम गर्दै नेता यादवले अहिलेको मूल आवश्यकता विकास, समृद्धि र लोकतन्त्रको रक्ष्Fा रहेको बताए । उनले मधेश र मधेशीलाई अन्तराष्ट्रिय स्तरमै पहिचान दिलाउन सफल भएको बताए । पाँच […]

आइतवार रामजानकी मन्दिरको अतिक्रमण पूर्णरुपमा हटाइयो

वीरगंज, २५ चैत । ऐतिहासिक रामजानकी मन्दिरको अतिक्रमण आइतवार पूर्णरुपमा हटाइएको छ । महानगरपालिका–१० घडिअर्वा पोखरीको मूलद्वार नजीकै रहेको अतिक्रमण शनिवार डोजर लगाएर हटाउन शुरु गरिएकोमा आज पूर्णरुपमा हटाइएको हो । मन्दिरको पुजारी भन्दै शम्भुनाथ तिवारीले महानगरविरूद्ध मन्दिर अतिक्रमण तथा तोडफोड गर्न नदिन माग गर्दै उच्च अदालत अस्थायी इजलाश वीरगंजमा रिट दिएका थिए । तर […]

जीतपुरसिमरा–११ मा शुरु भयो वडा कप फुटबल, बकुलिया र बढनिहार भिड्ने

बारा, २६ चैत । जीतपुरसिमरा उपममहानगरपालिका वडा नम्बर ११ मा प्रथम वडा कप फुटबल प्रतियोगिता शुरु भएको छ । वडा कप फुटबल प्रतियोगिता आयोजक समितिको आयोजनामा वडा नम्बर ११ स्थित खैरवा खेल मैदानमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमकाबिच जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख […]

क्षमतावान् मानिसलाई अगाडि बढ्न कसैले रोक्दैन– लामिछाने बाराका यादव समूहको मतबाट विजय हुन्छु – खरेल

बारा, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनले मधेसमा जातियता, क्षेत्रीयता र साम्प्रदायिकतालाई दलहरूले मागी खाने भाँडो बनाएको आरोप लगाए । आइतवार बाराको सिमरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले सो कुरा बताएका हुन् । काठमाडौंवासीले बालेन शाहलाई अत्यधिक मतले विजयी बनाएको उदाहरण दिँदै उनले अब दलहरूले जातियता, क्षेत्रीयता र साम्प्रदायिकतालाई मागी […]