search

आइतवार रामजानकी मन्दिरको अतिक्रमण पूर्णरुपमा हटाइयो

पढ्न छुटाउनुभयो ?

वीरगंज, २५ चैत ।
ऐतिहासिक रामजानकी मन्दिरको अतिक्रमण आइतवार पूर्णरुपमा हटाइएको छ ।
महानगरपालिका–१० घडिअर्वा पोखरीको मूलद्वार नजीकै रहेको अतिक्रमण शनिवार डोजर लगाएर हटाउन शुरु गरिएकोमा आज पूर्णरुपमा हटाइएको हो ।

मन्दिरको पुजारी भन्दै शम्भुनाथ तिवारीले महानगरविरूद्ध मन्दिर अतिक्रमण तथा तोडफोड गर्न नदिन माग गर्दै उच्च अदालत अस्थायी इजलाश वीरगंजमा रिट दिएका थिए । तर उक्त रिट अदालतबाट अस्वीकार भएसँगै शनिवार महानगरपालिकाले अतिक्रमित पक्की संरचनामा डोजर लगाएर भत्काउन थालेको हो ।

फागुन ४ गते पुजारी तिवारीकै पक्षमा जारी भएको अन्तरिम आदेश खारेजीको माग गर्दै महानगरपालिकाले अदालतमा निवेदन दिएकोमा शुक्रवार न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्ता सेढाई सापकोटाको संयुक्त इजलासले महानगरकै पक्षमा आदेश दिएसँगै मन्दिरलाई बन्धक बनाएर गरिएको अतिक्रमण हटाइएको हो ।

विक्रम संवत १९८२ सालदेखि नै रामजानकी मन्दिरको नाममा रहेको उक्त जग्गामा पुजारी तिवारीले वित ३० वर्षदेखि मन्दिर नै बन्धक हुने गरी अतिक्रमण गरेर तीनै तर्पm पक्की संरचना बनाएर सटर भाडामा लगाएका थिए ।
मन्दिरमा भएको अतिक्रमण हटाउन शनिवार महानगरका मेयर राजेशमान सिंह आफै डोजर लिएर पुगेका थिए ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads