search

spot_img
spot_img

रास्वपाका सांसदले दुर्गा प्रसाईसँग २ करोडको डिल गरेको अडियो सार्वजनिक

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले २ करोड रुपियाँँ मागेको अडियो सार्वजनिक भएको छ।
कपुरबोट मिडियाले मेडिकल व्यवसायी दुर्गा प्रसाइसँगको अडियो सार्वजनिक गरेको हो। उक्त अडियोमा श्रेष्ठले आफ्नो पार्टीको भागमा स्वास्थ्य मन्त्रालय परेको र स्वास्थ्य मन्त्री बन्न २ करोड चाहिने बताएका छन।
दुई/रतीन जना छुट्टै छन् पार्टीलाई धेरै सहयोग गर्ने, रवि सरलाई। त्यो टिमबाट मलाई कुरा आएको हो। आज नै फिक्स गर्नुपर्छ पैसा। उदारो हुँदैन भन्छन् फेरि। २ साढे २ भन्छन। मैले १ दिए पनि मान्छन् होला। चेक दिए पछि पनि मान्छन् होला, उक्त अडियोमा श्रेष्ठले भनेका छन।
प्रसाईले आफूले २ करोड दिने वाचा गरेको उक्त अडियोमा सुन्न सकिन्छ। प्रसाइले उक्त संवादका क्रममा सभापति रवि लामिछानेलाई नै पुग्छ पैसा भनेर श्रेष्ठलाई प्रश्न गरेका छन। जवाफमा रवि लामिछानेलाई भन्दा पनि उनी निकटबाट कुरा आएको श्रेष्ठले बताएका छन। रास्वापाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त अडियो अहिलेको नभएको बताए।
पुस १०–१२ तिरको अडियो लिक भएको रहेछ। यसमा पार्टीले पैसा लिएर मन्त्री र सांसद बनाउने कुरा छैन। पैसा लिएर मन्त्री बनाउने भए अरू नै मन्त्री भइहाल्नु हुनथ्यो होला, बुर्लाकोटीले बताएका छन् ।

अडियो सुन्नुहोस्

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

बस दुर्घटना हुँदा १० जना घाइते

रौतहट, ९ असारः पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक बस र्दुघटना हुँदा १० जना घाइते भएका छन् । आज...
- Advertisement -spot_img

सम्बन्धित खबर