search

spot_img
spot_img

नेपाल यातायात मजदूर संघको वीरगंजमा उद्घाटन, मजदूर नै कांग्रेस पार्टीका जन्मदाता– डा कोइराला

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ चैत ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले श्रमिक वर्गको माग सम्बोधन गर्न श्रम आयोग गठन गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेसनिकट नेपाल यातायात मजदुर सङघको सातौँ राष्ट्रिय महाधिवेशनको आज वीरगञ्जमा उदघाटन गर्नुहुँदै उहाँले भन्नुभयो– “संविधान बन्ने क्रममा श्रम आयोगको कुरा उठाएको थिए, तर यसमा ध्यान पुगेन ।” श्रम आयोग बनाउन सबैको ध्यान जानुपर्नेमा डा कोइरालाले जोड दिनुभयो ।
आयोग गठनका लागि सबै क्षेत्रबाट दबाबको आवश्यकता रहेको उहाँको भनाइ थियो । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन मजदुरको ठूलो भूमिका रहेको उल्लेख गर्नुहुँदै कोइरालाले श्रमिक वर्ग सवल र सक्षम भए मात्र लोकतान्त्रिक व्यवस्था मजबुत हुने बताउनुभयो ।
संविधानमा मधेसी, महिला र दलित वर्गको प्रतिनिधित्व सुनिश्चित गरिए जस्तै श्रमिकको प्रतिनिधित्व सुनिश्चितामा उहाँले जोड दिनुभयो । यसका लागि श्रमिक सङ्गठित भएर लाग्नुपर्ने नेता कोइरालाको भनाइ थियो ।
“मजदुर नै कांग्रेस पार्टीका जन्मदता हुन”, डा कोइरालाले भन्नुभयो, “तर कांग्रेसले जसरी मजदुरका सवालमा गम्भीर हुनुपर्दथ्यो त्यो हुनसकेको छैन, केबल समस्या परेका बेला मजदुरलाई खोज्ने र समस्या हल भएपछि बिर्सिदै आएको छ ।”
हालको यातायात व्यवस्था ऐन २० वर्ष पुरानो भइसकेकाले त्यसमा संशोधन गरी यातायात मजदुरका सवाललाई सम्बोधन गर्नुपर्ने नेता कोइरालाले बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य अजय चौरसियाले सातवटै प्रदेशमा मजदुरका लागि छुट्टै अस्पताल बनाउनुपर्ने बताउनुभयो । यातायात क्षेत्रलाई पूर्ण रूपमा सुरक्षित बनाउनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल, पूर्व सांसद शोभाकर पराजुलीलगायतले आफ्नो धारणा राख्नुभएको थियो । वीरगञ्जस्थित टाउन हलमा शुरू भएको नेपाल यातायात मजदुर सङघको राष्ट्रिय महाधिवेशनमा देशभरीका मजदुर नेताको सहभागीता छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने आयोजकले जनाएको छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलविद्युत उत्पादनको लगानीमा तीव्रता: एचआईडीसीएल र ऊर्जा मन्त्रालयबीच कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर

काठमाडौँ, १५ असार/ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)...

सम्बन्धित खबर

- Advertisement -neelambads