नयाँ वर्षको अवसरमा वीरगञ्ज बजार ३ दिन रातभर खुल्ने

२७ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नयाँ वर्षको अवसरमा वीरगञ्ज बजार तीन दिन रातभर खोल्ने तयारी गरेको छ । महानगरपालिकाले सोमबार पत्रकार सम्मेलन गर्दै नयाँ वर्षको अवसरमा २०७९ चैत ३० गतेदेखि वैशाख २ गतेसम्म रातभर बजार सञ्चालन हुने मेयर राजेशमान सिंहले जानकारी दिए । उनका अनुसार रात्री बजारको लागि बजार सजावट तथा स्टल बुकिङ अन्तिम […]

बिलबिजकभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रण

वीरगंज, २७ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले बिल बिजकभन्दा बढी खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू लोड गरेको एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना.२ ख ९३८९ नम्बरको ट्रकलाई आइतवार वीरगञ्ज महानगरपालिका वडा नं. १३ पावरहाउस चोकमा चेकजाँच गर्दा ट्रकभित्र रहेको खुद्रा, हार्डवेयर तथा लत्ताकपडा बिलबिजकभन्दा बढी देखिएपछि कारबाइको लागि आज राजश्व […]

७२ घण्टा भित्र कारबाही गरिएन भने मलाई गढिमाईमा बलि चढाउनु होला–रवि लामिछाने

घण्टाघरटिभी संवाददाता वीरगंज २७ चैत ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफनै पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने बताएका छन् । अगामि वैशाख १० गते हुने उपनिर्वाचनको क्रममा बारामा आएका लामिछानेले हिजो साझ बाराको महागढिमाई मन्दिरमा आयोजित पार्टीको आमसभामा बोल्दै उनले यस्तो बताएका हुन् । रास्वपाबाट बारा २ मा उम्मेदवार बनेका रमेश खरेलको प्रचारप्रसारको […]

मिर्चैयाका सुकुम्बासी र व्यापारी आन्दोलित

२७ चैत, जनकपुरधाम । सिरहाको मिर्चैया बजारका सुकुम्बासी तथा व्यापारीहरु आन्दोलनमा उत्रिएका छन् । बजारमा झण्डै सात दशकदेखि घर बनाएर बसोवास तथा व्यापार व्यवसाय गर्दै आएका सुकुम्बासी र व्यापारीहरुको घर नगरपालिकाले भत्काइदिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । नगरपालिकाले आफूहरुमाथि ज्यादती गरेको भन्दै उनीहरुले मिर्चैयामा र्‍याली प्रदर्शन गरे । नगरपालिका जनताका लागि अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा […]

पर्सामा ठूलो परिमाणमा गाँजा र चरेससहित चारजना पक्राउ

वीरगंज, २७ चैत । पर्सा प्रहरीले ठोरी गाउँपालिका र पटेर्वासुगौली गापाबाट ठूलो परिमाणमा गाँजा र चरेससहित चारजनालाई पक्राउ गरेको जनाएको छ । चैत २६ गते पटेर्वासुगौली गाउँपालिका वडा नं. ५ देउरीयास्थित प्रदेशी राउतको घरमा प्रहरीले छापामारी गरेको थियो । प्र.नि. प्रज्वल थपलिया र वडा प्रहरी कार्यालय श्रीपुरका प्र.नि. आशुतोष शाहीको कमाण्डमा खटेको प्रहरीले छापामारी गर्ने […]

उपचार खर्च तिर्न नसक्दा डिस्चार्ज भएको ३६ दिनसम्म अस्पतालमै बन्धक

२७ चैत, जनकपुरधाम । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका-९ कि मन्तोरिया राय दुई महिनासम्म अस्पतालको शय्यामा नयाँ जिन्दगीका लागि संघर्ष गरिन् । उनको जनकपुर मुरलीचोकस्थित न्यूरो अस्पतालमा राम्रो उपचार पनि भयो । अन्ततः एक महिनादेखि उनी निको भएर अस्पतालबाट डिस्चार्ज भइन् । तर अहिलेसम्म घर जान पाएकी छैनन् । दुई छोरा र […]