search

७२ घण्टा भित्र कारबाही गरिएन भने मलाई गढिमाईमा बलि चढाउनु होला–रवि लामिछाने

पढ्न छुटाउनुभयो ?

घण्टाघरटिभी संवाददाता
वीरगंज २७ चैत । 
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफनै पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने बताएका छन् । अगामि वैशाख १० गते हुने उपनिर्वाचनको क्रममा बारामा आएका लामिछानेले हिजो साझ बाराको महागढिमाई मन्दिरमा आयोजित पार्टीको आमसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

रास्वपाबाट बारा २ मा उम्मेदवार बनेका रमेश खरेलको प्रचारप्रसारको लागि चितवनबाट बारा आएका लामिछानेले यदि आफनै पार्टीका समानुपातिक संसाद श्रेष्ठले दुर्गा प्रसाईसंग २ करोडको डिल गरेको उनकै हो भने दोषी भेटिए ७२ घण्टा भित्र आफै करबाहीको लागि अघि बढने आश्वासन दिए । सभामा सम्बोधन गर्दै उनले भने,‘ म चितवनबाट बारा आउँदै थिए,बाटोमा समाजिक सञ्जालबाट थाहा भयो,मेरै पार्टीका एक जना सांसदले कसैसंग २ करोड रुपैया मागेको अडियो सार्वजनिक भएको कुरा,त्यसबारेमा म गम्भीर छु ।’ उनले हिजै उनलाई ७ दिनको लागि पार्टीको कुनै पनि काम गर्न बन्देज लगाइएको चर्चा गर्दै पार्टीले छानबिन गरी आवश्यक कानुनी छानबिनको लागि निवेदन लिएर थप छानबिन र कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धानमा जाने पनि ठोकुवा गरे ।‘

तपाईहरु नसोच्नुहोला कि सांसद भएर म छोडछु,देशमा अपराध गर्ने छुट कसैलाई हुदैन,म आफैं हस्ताक्षर गरी आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा जानेछु,’उनले भने,‘त्यो अडियमो उनीसंगै पार्टीका केही वरपरका व्यक्तिको बारेमा पनि जिकिर छ,तिनीहरुको पनि छानबिन हुनेछ,दोषी भेटिए सफाया हुनेछ ।’ उनले बारा २ का मतदातासंग रमेश खरेल एक इमान्दार पूर्व प्रहरी अधिकृत भएकोले उनलाई सघाउने उनले अपिल समेत गरे ।

कार्यक्रममा बोल्दै बारा २ का रास्वपाका उम्मेदवार रमेश खरेलले आफुले चुनाव जिते बारा २ लाई नुमना क्षेत्र बनाउने पनि दावी गरे । कार्यक्रममा बोल्दै रास्वपाका अर्का समानुपातिक सांसद मनीष झाले परिवर्तनको लागि एक चोटी रास्वपाको चुनाव चिनह घण्टीमो मोहर लगाई आफनो उम्मेदवारलाई जिताउन समेत अपिल गरे । सभामा स्थानीय तथा केन्द्रीय नेताहरुले समेत मन्तव्य व्यक्र गरेका थिए । सभामा पुग्नुभन्दा अगावै रवि लामिछानेका समर्थकहरुले उनलाई गढिमाई मन्दिर परिसमरा सेल्फी र फोटो खिचाउन घेरेका थिए ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads