search

spot_img
spot_img

वडा नं. १ छपकैयाको विवाद सल्टाउन एक हप्ताको अल्टिमेटम

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २ वैशाख/
वीरगंज महानगरपालिकाको १ नम्बर वडा छपकैयाका जनप्रतिनिधिहरुको विवाद सल्टाउन वडावासीहरुले एक हप्ताको अल्टिमेटम दिएका छन्। ३२ वटा वडामध्ये ३१ वटा विकास निर्माणको काम धमाधम भइरहेको तर सो वडामा वडाध्यक्ष एवं नपसहरुको विवादको कारण वडामा हुनुपर्ने विकास निर्माणको काम ठप्प भएको कारण उनीहरुले यथाशीघ्र जनप्रतिनिधिहरुबीचको द्वन्द्व साम्य पारी विवाद सल्टाउन आग्रह गरेका हुन्।
वडा नं १ को कार्यपालिकाको कार्यालयले बजार छपकैयाको लक्ष्मीनारायण मन्दिरमा आयोजित वडास्तरीय भेलामा बोल्दै वडावासीहरुले यस्तो अल्टिमेटम दिएका हुन्। यदि विवाद सल्टिएन र वडामा विकासको काम नभए वडावासीहरु कडा आन्दोलनमा उत्रिने र जनप्रतिनिधिहरुको राजीनामा माग समेत गर्ने एवं महानगरपालिका घेराउ गर्ने समेत चेतावनी दिएका थिए।
स्थानीय विवेक गुप्ताका अनुसार चुनाव जितेर आएपछि काम गर्ने बेलामा तीनजना एकातर्फ र दुईजना अर्कोतर्फ भएका छन्। त्यसकारण काम रोकिएको हो। काम गर्न तालमेल मिलिरहेको छैन, उनले भने।
यस विषयमा वडाध्यक्ष मनोजराउत कुर्मीले आफूले नगरप्रमुख राजेशमान सिंहबाट असहयोग पाएको र वडासदस्यहरुलाई सहयोग गरेको जिकिर गरे। वडासदस्यहरु भत्ताको लागि निहुँ खोजिरहेको चर्चा गर्दै उनले यदि १० जना भद्रभलाद्मीहरुले विकास समिति गठन गरेर बजेट खर्च गर्न सहमति ग–यो भने आफू राजी रहेको बताए।
विपक्षी वडा सदस्यहरुले वडाध्यक्षहरुकै कारण वडा कार्यपालिकाको वातावरण बिग्रिएको दावी गरे। उनीहरुले मनपरी किसिमले वडाध्यक्षले कार्यालय सजावटमा हजारौं रकम खर्च गरेको र बिहान १० बजेदेखि ५ बजेसम्म वडाध्यक्ष्F नबस्ने गरेको आरोप लगाए।
वडासदस्यहरुले वडाध्यक्षसँग संवादमार्फत् सहमति गर्न पनि तयार रहेको जानकारी गराए। यसै विषयमा नगरप्रमुख सिंहले वडाको विकासमा सबैजनालाई मिलाएर जाने दावी गरे। उनले वडाध्यक्ष कुर्मी आफूबाट असन्तुष्ट भए तापनि वडाको विकास निर्माणको सम्बन्धमा आफूसँग कुराकानी गर्नसमेत नआएको प्रतिक्रिया दिए। यदि वडाध्यक्ष, वडासदस्यहरु मिलेर आयो भने आफूले उक्त वडाको विकासको लागि अवश्य अग्रसर हुने जानकारी गराए।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads