search

spot_img
spot_img

बाटो बनाउने विवादमा गोली चल्दा रौतहटमा एकजनाको मृत्यु

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

रौतहट, २ वैशाख। जनकपुरधाम। रौतहटमा बाटो बनाउने विषयमा विवाद हुँदा गोली लागेर एकजनाको मृत्यु भएको छ। रौतहटको गढीमाई नगरपालिका–८ धोबिनियामा बाटो बनाउँने विषयमा विवादको क्रममा गोली चल्दा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी बीरबहादुर बुढामगरले जानकारी दिए।
उनले विवाद हुँदा लाइसेन्स भएको १२ बोरको बन्दुकबाट प्रहार गरिएको स्थानीय राजकुमार राय यादवको मृत्यु भएको बताए। गोली लागेपछि स्थानीय अस्पतालमा उपचारको लागि यादवलाई लगिएपनि उपचार सम्भव नभएपछि वीरगंज रेफर गरिएको थियो। तर, उनको मृत्यु बाटोमै भएको एसपी बुढामगरको भनाई छ।
एसपी बुढामगरले कसले गोली चलायो भन्नेवारे अनुसन्धान भइरहेको बताए। उनले घटनामा संलग्न रहेको आशंकामा ८ जनालाई बन्दुकसहित नियन्त्रणमा लिएको बताए। त्यस्तै गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएको प्रहरीले उनले जनाएको छ।

 

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

नेपाल नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित

काठमाडौँ, ३० साउन : अष्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० सिरिजमा नेपाल अष्ट्रेलियाको स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित...

सम्बन्धित खबर

- Advertisement -neelambads