search

spot_img
spot_img

मुम्बईमा वीरगंजका युवकको हत्या

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २ वैशाख/
वीरगंजका एकजना युवकको भारतमा रहस्यमय हत्या भएको छ। वीरगंज–१ छपकैया सिसौबारीका गणेश राउत कुर्मीका जेठो छोरा सोनालाल राउत कुर्मीको एक साता अगाडि रहस्यमय तरीकाले हत्या भएको खबर प्रकाशमा आएको हो।
३२ वर्षीय सोनालाल गत चैत २३ गते दिउँसो १ बजेपछि सम्पर्कविहीन भएका थिए। उनको शव चैत २६ गते बिहान महाराष्ट्रको मुम्बइस्थित कुर्ला स्टेशनबाट रक्सौल–मुम्बई जाने रेलबाट फेला परेको थियो। कुर्ला प्रहरीका अनुसार उनलाई घाँटी थिचेर टाउकोमा प्रहार गरी हत्या गरिएको परिवारजनलाई बताएको छ। मृतक सोनालालको फाइनल पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ। शव बरामद भएपछि सोनालालका बुबा गणेश राउतसहित छजना परिवारजन सोमवार मुम्बइ गएर शव सनाखत गरी दाहसंस्कार गरेर फर्केको छ।
परिवारजनले स्थानीय प्रहरीमा छोरा बेपत्ता भएको प्रारम्भिक जानकारी गराइसकेको तर जाहेरी किटानी दिन बाँकी रहेको बुझिएको छ। सोनालालका भाइ सुनीलका अनुसार वीरगंज–१ छपकैयाकै ३२ वर्षीय सरफुल्लाह मियाँ पवरिया र ३० वर्षीय रेयाजुल मियाँ अन्सारीको संलग्नता रहेको दावी गरेका छन्।
सोनालालका यी दुवै साथीहरु अहिले फरार छन्। उनीहरु भारतमै लुकेर बसेको पीडित परिवारजनको आरोप छ। मृतक सोनालाल पूर्वलागूऔषध प्रयोगकर्ता हुन् र मुम्बइको रेलमा जानुअघि चैत २२ गते बुधवारका दिन दिउँसो तीनैजना खानपिन गरी सोनालालको रु १५ हजार पनि खोसिएको सोनालालकी आमा सरस्वती देवी बताउँछिन्।
मृतक सोनालालको पत्नी निभा देवी र १३ महीने छोरा आदित्य पटेल छन्।
यस विषयमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक कोमल शाहले घटनाबारे आफूलाई जानकारी भएको तर सूक्ष्म अनुसन्धानको लागि आवश्यक प्रक्रिया अगाडि बढाउने आश्वासन दिए।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads