search

spot_img
spot_img

पर्सामै परीक्षा केन्द्र हुनुपर्ने माग राख्दै ठाकुरराम क्याम्पसका विद्यार्थी आन्दोलित

पढ्न छुटाउनुभयो ?

३ वैशाख, वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षा केन्द्र बारामा परेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् ।

स्नातक तह प्रथम वर्षको परीक्षा केन्द्र बाराको कलैया र सिमरामा परेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

विद्यार्थीहरुले क्याम्पसको परीक्षा शाखामा तालाबन्दी गर्नुको साथै क्याम्पस प्रशासनको विरोधमा नाराबाजी गरेका थिए ।

बीबीएस र बीएड प्रथम वर्षको परीक्षा केन्द्र बाराको कलैयास्थित रामराजा कलेज र सिमरा कलेजमा परेपछि प्रथम वर्षका विद्यार्थीले विरोध गरेको अखिल क्रान्तिकारी पर्साका अध्यक्ष मिरोज अहमदले जानकारी दिए ।

‘बारामा परीक्षा केन्द्र राखेर विद्यार्थीलाई सास्ती दिने काम भएको छ’, उनले भने, ‘केन्द्र पर्सामा नै हुनुपर्छ भन्ने विद्यार्थीको माग जायज छ, त्यसमा हामीले पनि साथ दिएका छौं ।’

पर्साको जुनसुकै कलेजमा परीक्षा केन्द्र राखेपनि स्वीकार गर्ने तर बारामा परीक्षा दिन नजाने अडान विद्यार्थीहरुले राखेका छन् ।

विद्यार्थीले प्रवेश पत्र पनि लिएका छैनन । उनीहरुले क्याम्पस प्रमुख लगायत क्याम्पसका कुनै पनि सम्बन्धीत व्यक्तिले चासो नदिएको भन्दै आपत्ति जनाएका छन् ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

विश्व रक्तदाता दिवसको अवसरमा विभिन्न कार्यक्रम

वीरगंज,३० जेष्ठ । विश्व रक्तदाता दिवसको अवसरमा विभिन्न कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । ब्लड डोनर्स एसोसियशन वीरगंज, पर्साको...
- Advertisement -spot_img

सम्बन्धित खबर