बारावासीले बिर्सन नसकेको पाँच वर्षअघिको त्यो आँधी (भिडियोसहित)

१३ वैशाख– बारा । चैत–बैशाख सुरु भएसंगै मञ्जुर आलमको मनमा चिसो पस्न थाल्छ । अहिले पनि मौसम बिग्रन थाल्यो भने उनी छरछिमेकका बलिया घरमा ओत लाग्न पुग्छन् । पाँच वर्ष पहिले १७ चैत (०७५) मा आएको आँधी (टोर्नेडो) ले बारा फेटा गाउँपालिका पुरैनिया– ६ का आलमको घर उजाडेको थियो । त्यो आँधी कति शक्तिशाली थियो […]

मधेशका १३६ वटै पालिकाको माटो परीक्षण गरिँदै

१३ वैशाख, जनकपुरधाम । मधेश प्रदेशको १३६ वटै पालिकाको माटो परीक्षण हुने भएको छ । मधेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेका माटो परीक्षण प्रयोगशालाको प्राविधिक सबै ८ जिल्लाका १३६ वटै स्थानीय तहको माटो परीक्षण गर्न लागेको हो । मधेशको माटोको अवस्था पत्ता लगाएर आवश्यकता अनुसार कुन कुन मलखाद कहिले प्रयोग गर्ने […]

गौर नगरपालिकाको वारूणयन्त्र दुर्घटना, चालकसहित ५ घाइते

रौतहट, १३ वैशाख । गौर नगरपालिकाको वारूण यन्त्र दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका छन् । गौर–४ गढवा स्थित कुखुरा फर्ममा भएको आगलागी नियन्त्रण गर्न गएको ना.१ ग. ७८८ नम्बरको वारूणयन्त्र गए राति साढे १२ बजे दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते रहेका चालक करिम अन्सारी तथा […]

रमेश खरेलको जमानत जफत

बारा, १३ वैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल जमानत जफत भएको छ। बुधवार बिहान आएको अन्तिम परिणाम अनुसार रास्वपाका उम्मेलवार खरेलले २ हजार ८ सय २९ मत मात्र पाए । बारा–२ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत […]

कुशवाहालाई ५०८१ मतान्तरले पराजित गर्दै उपेन्द्र यादव निर्वाचित

बारा, १३ वैशाख । बारा क्षेत्र नंबर २ को प्रतिनिधि सभा सदस्य जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । बुधवार बिहान १ बजे सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शीवचन्द्र प्रसाद कुशवाहालाई ५०८१ मतान्तरले पराजित गर्दै यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । पाच दलीय गठबन्धनका समेत […]

बारा २ बाट उपेन्द्र यादव विजयी

१३ वैशाख, जनकपुरधाम । प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन् । यादवले २८ हजार ४१५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ […]