search

spot_img
spot_img

कुशवाहालाई ५०८१ मतान्तरले पराजित गर्दै उपेन्द्र यादव निर्वाचित

पढ्न छुटाउनुभयो ?

बारा, १३ वैशाख । बारा क्षेत्र नंबर २ को प्रतिनिधि सभा सदस्य जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । बुधवार बिहान १ बजे सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शीवचन्द्र प्रसाद कुशवाहालाई ५०८१ मतान्तरले पराजित गर्दै यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । पाच दलीय गठबन्धनका समेत साझा उम्मेदवार रहेका यादव २८ हजार ४१५ मतका समथ विजयी हुदाँ उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेद्वार कुशवाहाले २३ हजार ३३४ मत पाए। मंसिर४ मा भएको निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतसंग पराजित भएका जसपा अध्यक्ष यादव उपनिर्वाचनमा भने बारा २ बाट जनमतकै उम्मेदवार कुशवाहालाई पराजित गर्दै विजयी भएका हुन् । यस निर्वाचन क्षेत्रबाट मंसिर ४ को निर्वाचनमा जसपाबाटै निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएको यस निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले १० हजार २१६ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ८२९ मत र आम जनता पार्टीका उम्मेदवार अरूण ज्ञवालीले २ हजार ७३८ मत पाए । बारा २ मा कुल मतदाता १ लाख ५ हजार २४८ रहेकोमा आइतवार भएको मतदानमा ६९ हजार २२ मत खसेको थियो।
<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads