search

spot_img
spot_img

रमेश खरेलको जमानत जफत

पढ्न छुटाउनुभयो ?

बारा, १३ वैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल जमानत जफत भएको छ। बुधवार बिहान आएको अन्तिम परिणाम अनुसार रास्वपाका उम्मेलवार खरेलले २ हजार ८ सय २९ मत मात्र पाए । बारा–२ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ। रास्वपाका उम्मेदवार खरेलले जम्मा मतको ४.१४ प्रतिशत मात्र पाएपछि जमानत जफत भएको हो। तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्ले र चितवन २ मा रवि लामिछाने भारी मतान्तरले विजयी हुँदा बारा २ मा खरेलको जमानत समेत जोगिएन । निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। बारा–२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र जमानत जोगाएका छन् । सत्ता गठबन्धनको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव २८ हजार ४१५ मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाए । यस्तै एमालेका पुरूषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए। बाँकी ३१ उम्मदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिएका छन।

<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads