search

spot_img
spot_img

वीरगंज भाटभटेनीको कारोबार एक महिनामा १५ करोडभन्दा बढि

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल वीरगंज, १७ वैशाख । वीरगंज भाटभटेनीले पछिल्लो एक महिनामा १५ करोडभन्दा बढिको कारोबार गरेको छ । नेपालकै सबैभन्दा ठुलो सपिङमलको रुपमा चिनिने भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर २४ औं आउटलेट वीरगंज,गण्डक बहुअरी शाखाले गएको एक महिनामा १५ करोडभन्दा बढिको कारोबार गरेको भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईले जानकारी दिए । भाटभटेनी सुपर स्टोर्स नेपालका क्षेत्रीय प्रबन्धक समेत रहेका भट्टराईले गत चैत ९ गते भाटभटेनीको वीरगंज शाखा उद्घाटन भएकोमा कारोबार अपेक्षाभन्दा राम्रो भइरहेको बताए ।
‘उद्घाटन भएको एक साता खुब भीड थियो,दैनिक ८० लाखदेखि १ करोड सम्म पनि कारोबार हुन्थ्यो,’उनले भने,‘अहिले दैनिक ५० लाखदेखि माथिको बिक्री भइरहेको छ ।’ औसतमा एक महिना ७ दिनको कारोबार हेर्दा रु १५ करोडभन्दा बढिको कारोबार भएको उनले स्पष्ट पारे ।
वीरगंज भाटभटेनीको कारोबार राम्रो भइरहेको र उपाभोक्ताको चाप दिनदिनै बढदै गएपछि छुटको अफरलाई पनि निरन्तरता दिदै लैजाने बताइएको छ । भाटभटेनीले वीरगंजमा आउटलेट सञ्चालनको खुशीयालीमा विभिन्न समानमा १० प्रतिशतदेखि २० प्रतिशत सम्म छुटको अफर दिदैं आएको छ । खद्यान्न समााग्रीमा १० प्रतिशत,नर्मल ब्रान्डको कपडामा १० प्रतिशत,ब्रान्डेड लत्ताकपडामा १५ प्रतिशत,इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स समानमा २० प्रतिशत सम्म भाटभटेनीले छुट दिइरहेको व्यवस्थपक विनोद भट्टराईले बताए । वीरगंजको भाटभटेनीमा चिनी र अर्ना बियरको बिक्री अत्यधिक भइरहेको बुझिएको छ । पर्सा,बारा,रौतहट तथा बिहारको सीमावर्ती बजारबाट पनी उपभोक्ताहरु सवारी साधनसहित किनमेलको लागि वीरगंज भाटभटेनीमा पुग्ने गरेको बताइएको छ । रक्सौल आसपासका उपभोक्ताहरुको चाप शुक्रवार,शनिवार र आईतवार अत्यधिक भइरहेको देखिएको छ ।
केही उपभोक्ताले म्याद गुज्रिएको समान बिक्री भइरहेको,माग गरिएका समान पर्याप्त मात्रामा नपाएको एवं तोकिएको छुट अनुसारको छुट नपाएको पनि गर्दैछन् भन्ने प्रश्नमा उनले भने ,‘केही जायज गुनासा पनि छन्,केही हचुवाको भरमा पनि आरोप लगाइएको छ,गुनासो गरिएको छ,तर हामी उपभोक्ताको माग र विश्वासलाई जित्न कमिकमजोरीलाई सम्बोधन गर्दै प्रभावकारी एवं गुणस्तरीय सेवा दिन तत्पर छौं ।’ वीरगंज–१४ गण्डक बहुअरीमा सञ्चालित भाटभटेनी सुपर स्टोर्स डेढ अर्बको लागनीमा सञ्चालनमा आएको थियो ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads