search

spot_img
spot_img

नक्कली नेरु पौने पाँच लाखसहित दुर्ईजना वीरगंजबाट पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २१ वैशाख । नक्कली नेपाली नोटसहित वीरगंज महानगरपालिका–१६ बाट दुर्ई जनालाई प्रहरीले पक्राउ गरेको छ । दुर्ई जनालाई १ हजार दरको ४ सय ५० थान र ५ सय दरको ७२ थान गरी जम्मा ४ लाख ८६ हजार नक्कली रुपियाँँसहित बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सर्लाही गोडैता नगरपालिका–१२ मधुवनी बस्ने ३४ वर्षीय आनन्द बर्दन सिंह र बारा परवानीपुर गाउँँपालिका–३ बस्ने ३६ वर्षीय ओम प्रकाश साह रहेका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बसपार्कतर्पmबाट प्रतिमा चोकतर्पm जादै गरेको बीआर ०१ पीजी ६५७७ नम्बरको भारतीय गाडीलाई जाँच गर्ने क्रममा उक्त नक्कली नोटसहित फेला पारी चालक सिंह र गाडीमा सवार साहलाई पक्राउ गरेको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

बस दुर्घटना हुँदा १० जना घाइते

रौतहट, ९ असारः पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक बस र्दुघटना हुँदा १० जना घाइते भएका छन् । आज...
- Advertisement -spot_img

सम्बन्धित खबर