search

spot_img
spot_img

वीरगंजमा फोहोर फाल्ने एक जनालाई ५० हजार जरिवाना

पढ्न छुटाउनुभयो ?

वीरगंज, २२ बैशाख ।
वीरगंज महानगरपालिकाले शुक्रवार जथाभावी फोहोर फाल्ने एक जनालाई कारबाई गरि ५० हजार रुपियाँँ जरिबाना तिराएको छ ।
सफा, स्वच्छ र सुन्दर वीरगंज महानगर बनाउने अभियानका साथ सरसफाईलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको महानगरले जथाभावी फोहोर फालेर दुर्गन्ध फैलाउनेलाई कारबाई गरेको हो ।
वीरगंजको बाइपास सडक खण्ड अन्तर्गत नगवाको वैष्णवी मन्दिर नजिकै राङ्गा, भैसीको सडेको हडडी फालेर दुर्गन्ध फैलाउने शिवपुजन चौरसियालाई महानगरको टोलीले नियन्त्रणमा लिएर ५० हजार रुपियाँँ जरिबाना गरेको हो ।महानगरले यस अघि वीरगंजकै सीता अस्पताललाई सडकमा जथाभावी माटो खसाएर फोहोर गरेको भन्दै ५१ हजार रुपियाँँ जरिबाना गरेको थियो ।
महानगरपालिकाले चार महिना यता सडक, पेटी र नालामा फोहोर फाल्ने ३ सय ९० जनालाई कारबाई गरि ९ लाख ६० हजार भन्दा बढि जरिबाना असुल गरिसकेको छ।महानगरपालिकाले चार महिनाको अवधिमा शुक्रवारसम्म ३ सय ९० जनालाई कारबाई गरि जरिवाना बापत ९ लाख ६१ हजार ५०५ रुपियाँँ रकम असुल गरेको महानगरको फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख सरफुदिन मियाँँले जानकारी दिए ।
वीरगंज शहरलाई सफा र स्वच्छ राख्न सरसफाई र सौन्दर्यकरण अभियान अन्तर्गत महानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई नगद १ हजार देखि ५१ हजार रुपियाँँसम्म जरिवाना तिराउदै आएको छ ।
नगर सफा राख्न वीरगंज महानगरले मुख्य तथा सहायक सडकमा ट्र्याक्टर तथा ठेलाबाट दैनिक ३–३ पटक फोहोर सङ्कलन गर्नुकासाथै बु्रमरमार्पmत सडकको धुलो बढार्ने काम पनि गरिरहेको छ ।
<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

मधेस प्रदेशका सांसद कुशवाहा निलम्बित

धनुषा, ३० जेठः मधेस प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बनमा परेका छन् । आज प्रदेशसभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले कुशवाहाको...
- Advertisement -spot_img

सम्बन्धित खबर